फोर्ब्सको धेरै कमाउने १०० खेलाडीको सुचीमा कोहली एकमात्र क्रिकेटर, फेडेरर पहिलो, रोनाल्डो दोश्रो

विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनले यो वर्ष सबैभन्दा बढी कमाउने १०० खेलाडीहरुको नाम सार्वजनिक गरेको छ।

फोर्ब्सको सुची अनुसार टेनिस स्टार रोजर फेडेरर यो वर्ष यो सुचीको पहिलो स्थानमा रहेका छन्। १०६.३ मिलियन डलर कमाइ गरेका स्विजरल्याण्डका फेडेररले लियोनेल मेस्सीलाई पछि पारेका छन्। गत वर्ष यो सुचीमा नम्बर १ रहेका मेस्सी यो पटक तेश्रो स्थानमा रहेका छन्। गत वर्ष दोश्रो स्थानमा रहेका मेस्सी यो वर्ष पनि दोश्रो स्थानमै कायम रहेका छन्। रोनाल्डोको आम्दानी १०५ मिलियन डलर रहेको छ भने मेस्सीको १०४ मिलियन डलर रहेको छ।

चौथो स्थानमा अर्का फुटबलर नेमार रहेका छन् जसको आम्दानी ९५.५ मिलियन डलर रहेको छ। पाँचौ स्थानमा बास्केटबलका लेब्रोन जेम्स, छैठौंमा बास्केटबलकै स्टेफेन करी, सातौँमा बास्केटबलकै केभिन डुरान्ट रहेका छन्। गल्फ लेजेन्ड टाइगर उड्स आठौँ, अमेरिकन एनफएल खेलाडी कर्क  कसिन्स नवौं तथा कार्सन वेन्टज् दशौँ स्थानमा रहेका छन्।

सबैभन्दा धेरै कमाउने १० खेलाडी

सुचीमा महिला खेलाडी मध्ये सबैभन्दा धेरै कमाउने टेनिस खेलाडी नाओमी ओसाका रहेकी छिन् जसको आम्दानी ३७.४ मिलियन डलर रहेको छ। उनि समग्रमा २९ औं स्थानमा छिन्। महिलातर्फ दोश्रो स्थानमा रहेकी सेरेना विलियम्स समग्रमा ३३ औं स्थानमा छिन्। नाओमी र विलियम्स बाहेक महिला खेलाडी टप १०० भित्र छैनन्।

टप १०० मा कोहली एक मात्र क्रिकेटर 

धेरै कमाउने उत्कृस्ट १०० क्रिकेटरमा फुटबल, बास्केटबल, टेनिस, गल्फ, बक्सिंग, सकरका खेलाडीहरु रहंदा क्रिकेट र क्रिकेटरहरु भने भने निकै पछि रहेका छन्।

२६ मिलियन डलर कमाइ सहित भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली सुचीको ६६ औं स्थानमा एक्लो क्रिकेटर प्रतिनिधिको रुपमा रहेका छन्। यस्तै सुचीमा कोहली एक मात्र भारतीय क्रिकेटर समेत हुन्। गत वर्ष सुचीको १०० औं स्थानमा रहेको कोहली २०१८ मा ८३ औं स्थानमा रहेका थिए।

३१ वर्षीय कोहलीले बिज्ञापनबाट २४ मिलियन डलर तथा २ मिलियन डलर तलबमार्फत कमाएको फोर्ब्सले बताएको छ।  कोहलीले अडी, हिरो, एमआरएफ, पुमा, भाल्भोलिन जस्ता प्रोडक्टको बिज्ञापनबाट आम्दानी गर्ने गर्छन।

फोर्ब्सको पुरा सुची हेर्न क्लिक गर्नुस

२०७७ जेष्ठ १७, शनिबार मा प्रकाशित