इंग्ल्यान्डसंग टेस्ट सिरिज खेल्न वेस्टइन्डिजको मन्जुरी, यसरी हुनेछन् खेल

कोरोना महामारीले थलिएको अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने इंग्ल्याण्डको प्रयास सफल दिशातर्फ अघि बढेको छ।

आइतबार वेस्टइन्डिज क्रिकेट बोर्डले आफ्नो टिमलाई इंग्ल्याण्ड भ्रमणको अनुमति दिएको हो। अर्कोतर्फ इंग्ल्यान्डमा पनि आगामी साता देखि स्वास्थ्य र सुरक्षा प्रावधान पालना गर्दै क्रिकेट तथा अन्य खेल पुनः सुचारु गर्न अनुमति दिने पक्का भएको छ।

इंग्ल्याण्ड र वेस्टइन्डिज बीच जुलाई ८ देखि तिन वटा टेस्टको सिरिज गर्ने प्रस्ताव इंग्ल्याण्डले गरेको थियो। सिरिज जुलाई ८, १६ र २४ मा साउथयाम्प्टन र म्यानचेस्टरको खालि स्टेडियममा खेलिनेछ। इंग्ल्याण्डले शुक्रबार टेस्ट सिरिजको तयारीको लागि ५५ सदस्यीय टिमको घोषणा समेत गरिसकेको छ।

क्रिकेट वेस्टइन्डिजले आईतबार बिज्ञप्ति जारि गर्दै बताएको छ “वेस्टइन्डिज क्रिकेट बोर्डले इंग्ल्याण्डद्वारा प्रस्तावित टेस्ट भ्रमणको लागि सैद्धांतिक मन्जुरी दिएको छ।”

क्रिकेट वेस्टइन्डिजले यो निर्णय स्वास्थ्य र क्रिकेट सम्बन्धित प्रतिनिधिहरु, इसीबीसंग तथा आफ्नै सामाजिक स्वास्थ्य बिज्ञसंग विस्तृत सल्लाह पछि लिएको हो।” बिज्ञप्तिमा कोरोनाको नकारात्मक आर्थिक प्रभावको कारण खेलाडी र स्टाफहरुको तलब ५० प्रतिशत कट्टा गर्ने पनि बताएको छ। तथापी इंग्ल्याण्ड भ्रमणमा म्याच फि भने खेलाडीहरुले पुरा पाउनेछन्।

खालि स्टेडियममा हुनेछ टेस्ट सिरिज

अर्को तर्फ इंग्ल्याण्ड बोर्डले बिज्ञप्तिमा बताएको छ – “गृहमन्त्रीको शनिवारको घोषणाले हामि निकै खुसि छौँ जसले घरेलु र अन्तर्राष्ट्रिय व्यवसायिक क्रिकेट खालि स्टेडियममा पुनरागमनको समर्थन गर्छ। यसले खेलाडीहरुलाई आफ्नो क्लबबाट फेरी खेल्नको लागि मंच दिनेछ।”

इंग्ल्यान्डले यसैसाता आफ्नो घरेलु क्रिकेट सिजन अगस्ट १ सम्मको लागि सारेको थियो।

वेस्टइन्डिज र इंग्ल्यान्डबाट सकारात्मक खबर आए पछि जुलाई ८ देखि अन्तर्राष्ट्रिय क्रिकेट फर्किने सम्भावना बढेको छ। इंग्ल्याण्डले वेस्टइन्डिज पछि पाकिस्तान, अस्ट्रेलिया र आयरल्याण्डसंग समेत खेल्ने योजना बनाएको छ।

यसरी हुनेछ खेल 

इंग्ल्यान्ड बोर्डको योजना अनुसार इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चमा वेस्ट इन्डिज टिम चार्टर्ड प्लेनमा इंग्ल्याण्ड पुग्नेछ। सिरिज पुर्व र दौरान टिमहरुले बिभिन्न सरकारी आचारसंहिताको भने पालना गर्नुपर्नेछ जस्तै इंग्ल्यान्ड पुगेपछि वेस्टइन्डिज टिम १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।

सिरिजको पहिलो टेस्ट जुलाई ८ मा ह्याम्प्सायर एजेस बल मैदानमा दर्शक बिना खेलिनेछ। सिरिजको दौरान मैदानलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियमित टेस्ट गरिनेछ। मैदानलाई खेलाडी, अफिसियल , ग्राउन्ड स्टाफ र मिडिया क्षेत्रमा बाँडिनेछ। छुट्टा छुट्टै क्षेत्रमा जान बन्देज लगाइनेछ। खेलको दौरान खेलाडीहरुको नियमित कोरोना जांच गरिनेछ र लक्षणहरुको जांच दैनिक गरिनेछ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चको हिसाबले भने योजना महँगो हुनेछ। खेलाडीलाई चार्टर्ड गरेर ल्याउने तथा जैव सुरक्षित योजनाको लागि निकै बजेट खर्च हुनेछ। यो सिजन क्रिकेट भए क्रिकेट बोर्डलाई ३८० मिलीयन युरोको घाँटा लाग्ने छ त्यसैले पनि क्रिकेट गराउन बोर्ड प्रतिबद्ध छ।

२०७७ जेष्ठ १८, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment