विवादास्पद अभिव्यक्ति पछि एन्फा अध्यक्ष शेर्पाले मागे माफी

एक अन्तर्वार्तामा तराईबासी जनताको राष्ट्रियतासम्बन्धी भावनालाई लिएर विवादास्पद अभिव्यक्तिलाई दिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माफी मागेका छन् ।

शेर्पाले बुधबार बिज्ञप्ति मार्फत आफ्नो मनसाय गलत नभएको भन्दै माफी मागेका हुन्।

“उक्त अन्तर्वार्तामा मैले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भुगोलप्रति लक्षित नगरेको र नभएको स्पष्ट पार्न चाहन्छु ।”

“मेरा भनाईहरुलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्‍न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र हुँदै आएको फुटबलको विकासको गतिमा अवरोध पुर्‍याउने योजना मुताबिक आएको बुझ्‍न अनुरोध गर्दछु ।

“विशुद्ध हिसाबले नेपालमा फुटबलको विकास गर्ने उद्देश्य मात्र रहेको र यसैको उदाहरण स्वरुप फिफाको एक महत्वकांक्षी कार्ययोजनालाई पनि तराईकै भूभाग रौतहट जिल्लामा निर्माण गरी सकेका छौं । साथै उक्त क्षेत्रमा आगामी बजेट तथा नीति तथा कार्यक्रममा समेत त्यसै क्षेत्रलाई प्राथमिकता दिई कार्ययोजना तयार भइहेको जानकारी गराउँदछु ।” शेर्पाले बताएका छन्।

प्रेस बिज्ञप्ति हेर्नुस 

२०७७ जेष्ठ २१, बुधबार मा प्रकाशित