अमेरिकाको टि-२० विश्वकप आयोजना देखि १० वर्षमा टेस्ट राष्ट्र बन्ने उद्देश्य

अमेरिका क्रिकेट बोर्डले टि-२० विश्वकप आयोजना गर्ने इच्छा व्यक्त गरेको छ। आईसीसीको २०२३ बाट सुरु हुने नयाँ साइकलमा विश्वकप आयोजना गर्ने मनसाय व्यक्त गरेको अमेरिकाले दक्षिण एसियाली प्रवाशीहरुको संख्या ठुलो हुनाले अमेरिकी स्टेडियमहरु भरिने समेत दावी गरको छ।

“अमेरिकाले १९९४ मा फुटबल विश्वकप आयोजना गरेको थियो जहाँ बेसबल, अमेरिकन फुटबल र बास्केटबलको तुलनामा फुटबल कम लोकप्रिय रहेको थियो। त्यसका बाबजुद ३५ लाख दर्शकहरु स्टेडियममा पुगेर खेल हेरेका थिए।” अमेरिका क्रिकेटका प्रमुख कार्यकारी अधिकृत इयान हिगीन्सले बिबिसी स्पोर्ट्ससंगको कुराकानीमा बताए, “अमेरिकामा क्रिकेट खेलिनेछ भने सबै स्टेडियममा दर्शक भरिनेछन्।”

यो वर्ष अगस्टमा वेस्ट इन्डिज र दक्षिण अफ्रीका बीच फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्कमा दुइ टि-२० खेल्ने तालिका रहेको छ। यो मैदानमा यस अघि ६ वटा एकदिवसीय र १० वटा टि-२० अन्तर्राष्ट्रिय संचालन भैसकेको छ। भारतले सोहि मैदानमा दर्शकले भरिएको स्टेडियममा वेस्टइन्डिज बिरुद्ध खेलीसकेको छ।

हिगीन्सले आफुहरुको ध्यान क्रिकेटको ठुलो प्रतिस्पर्धा जस्तै भारत-पाकिस्तानको खेल जसले अ-परम्परागत बजारमा ठुलो इच्छा पैदा गर्न सक्छ त्यस्तो आयोजना गर्ने बताए।

“अमेरिकाले आईसीसीलाई विश्वास दिलाउनु पर्नेछ कि हामि टि-२० विश्वकप आयोजना गर्न सक्षम छौँ।” उनले बताए।

“म विश्वस्त छु कि हामिसंग स्तरीय मैदान छ जसले आईसीसी प्रतियोगिता गर्न सक्छ। यदी तपाई अन्तिम दुइ विश्वकपमा अमेरिकाबाट यात्रा गरेर हेर्न पुगेका समर्थकहरुको संख्या हेर्नु हुन्छ भने थाहा हुन्छ कि यहाँ क्रिकेटको लागि कति भोक छ”

अमेरिका क्रिकेटका सीईओ इयान हिगीन्स

“मान्नुसकि भारत र पाकिस्तान अमेरिकामा टि-२० विश्वकपको खेल खेल्दैछ। त्यसको लागि हामि ठुला ६ वटा मैदान बनाउने योजनामा छौँ जसले अन्तर्राष्ट्रिय प्रतियोगिता धान्न सकोस्।”

अमेरिकाले २०१९ को सुरुवातमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो भने डिसेम्बरमा स्कटल्याण्डलाई पराजित गरेको थियो। अब अमेरिकाको लक्ष्य टेस्ट राष्ट्र हुने भएको हिगीन्सले बताए।

“हाम्रो आगामी उद्देश्य छोटो समयमा आईसीसीको टेस्ट राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्नु हो।  हाम्रो उद्देश्य पूर्ण सदस्य ( टेस्ट राष्ट्र ) हुनु हो जुन हामि १० वर्षमा हाँसिल गर्न चाहन्छौ। अफगानिस्तान र आयरल्याण्डले जस्तै हामि अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन देखाउन तयार छौँ।” हिगीन्सले बताए।

अमेरिकामा सन् २०१५ नोभेम्बरमा क्रिकेट अल-स्टार प्रतियोगिता आयोजना गरिएको थियो जसमा सचिन तेन्दुलकर र शेन वार्न सहित सन्यास लिएका थुप्रै नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरुले तिन वटा टि-२० खेलेका थिए। उक्त प्रतियोगिताको तिन वटा खेलमा कुल ८४ हजार दर्शक उपस्थित रहेका थिए।

२०७७ जेष्ठ २८, बुधबार मा प्रकाशित