टि-२० विश्वकप बारे आईसीसी फेरी निर्णयविहिन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यसै वर्ष अक्टोबर-नोभेम्बरमा हुने टि-२० विश्वकपबारे निर्णय अझै एक महिना पछि गर्ने भएको छ। कोरोना महामारीको कारण आयोजना बारे अनिश्चितता कायमै रहने भएको छ।

प्रतियोगिता अझै ४ महिना बाँकी रहेको अवस्थामा अस्ट्रेलियाका खेलमन्त्रि रिचर्ड कोलब्याकले अस्ट्रेलियामा स्वस्थ अवस्थालाई लिएर सकारात्मक रहेको संकेत दिएपछि आईसीसीले बुधबारको बैठकमा गर्ने भनेको टि-२० विश्वकप बारे निर्णय फेरी सरेको हो।

भिडियो कन्फरेन्सद्वारा भएको आईसीसीको बोर्ड बैठकले जारि गरेको बिज्ञप्तिमा बताएको छ – “हामीलाई यो बारे फैसला गर्न मात्र एक मौका मिल्नेछ जसकारण यो सहि हुनु जरुरि छ। हामि आफ्नो सदस्य, प्रशारक, साझेदार, सरकारहरु तथा खेलाडीसंग सल्लाह जारि राख्नेछौँ ताकी हामि राम्रो फैसला गर्न सकौं।”


बैठकले आगामी वर्ष न्युजिल्यान्डमा खेलिने महिला विश्वकप बारे पनि कुनै फैसला लिन सकेन। महामारीको स्थिति कस्तो हुनेछ त्यसको ख्याल गर्दै आईसीसीले निर्णय लिनेछ।

२०२१ मा अर्को टि-२० विश्वकप भारतले आयोजना गर्ने निर्धारित भएको अवस्थामा यदी अस्ट्रेलियाले यो वर्ष टि-२० विश्वकप आयोजना नगरे अस्ट्रेलियालाई २०२१ मा आयोजना गर्न भारतले आयोजना हातबाट जान दिनेछैन। त्यसैले यो वर्ष आयोजना हुन नसके अस्ट्रेलियाले २०२२ मा प्रतियोगिता आयोजना गर्न पाउनेछ।

२०७७ जेष्ठ २९, बिहीबार मा प्रकाशित