पाकिस्तानको इंग्ल्याण्ड भ्रमणबाट मोहम्मद आमिर र हरिस सोहेल नाम फिर्ता लिए, २९ सदस्यीय टिमको घोषणा

पाकिस्तान बलर मोहम्मद आमिर र ब्याट्सम्यान हरिस सोहेलले पाकिस्तानको आगामी इंग्ल्यान्ड भ्रमणबाट हात झिकेका छन्।

२८ वर्षीय आमिर अगस्टमा दोश्रो सन्तानको पिता बन्ने हुँदा तथा सोहेलले पारिवारिक कारण देखाउदै भ्रमणमा नजाने निर्णय गरेका हुन्।

पाकिस्तानले अगस्ट र सेप्टेम्बरमा इंग्ल्याण्ड भ्रमण गर्दैछ जहाँ तिन वटा टेस्ट र तिन वटै टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। भ्रमणको लागि शुक्रबार पाकिस्तान क्रिकेट बोर्डले २९ सदस्यीय टिमको पनि घोषणा गरेको छ।

घोषित टिममा पाकिस्तानले सोहेल खानलाई फिर्ता बोलाएको छ जसले २०१६ मा अन्तिम पटक टेस्ट खेलेका थिए। यस्तै टिममा यु-१९ टिमबाट उत्कृस्ट प्रदर्शन गर्दै आएका हैदर अलिलाई पनि बोलाइएको छ।यस्तै डेब्यु गर्न बाँकि काशिफ अलि पनि टिममा छन्।

यस्तो छ २९ सदस्यीय टिम :- 

ओपनर ( ४ जना ) – Abid Ali (Sindh, Lahore Qalandars), Fakhar Zaman (Khyber Pakhtunkhwa, Lahore Qalandars), Imam-ul-Haq (Balochistan, Peshawar Zalmi) and Shan Masood (Southern Punjab, Multan Sultans)

मध्यक्रम ब्याट्सम्यान (९ जना )- Azhar Ali (captain) (Central Punjab), Babar Azam (Test vice-captain and T20I captain) (Central Punjab, Karachi Kings), Asad Shafiq (Sindh, Multan Sultans), Fawad Alam (Sindh), Haider Ali (Northern, Peshawar Zalmi), Iftikhar Ahmad (Khyber Pakhtunkhwa, Karachi Kings), Khushdil Shah (Khyber Pakhtunkhwa, Multan Sultans), Mohammad Hafeez (Southern Punjab, Lahore Qalandars) and Shoaib Malik (Southern Punjab, Peshawar Zalmi)

विकेटकिपर ( २ जना ) – Mohammad Rizwan (Khyber Pakhtunkhwa, Karachi Kings) and Sarfaraz Ahmed (Sindh, Quetta Gladiators)

फास्ट बलर ( १० जना ) – Faheem Ashraf (Central Punjab, Islamabad United), Haris Rauf (Northern, Lahore Qalandars), Imran Khan (Khyber Pakhtunkhwa), Mohammad Abbas (Southern Punjab), Mohammad Hasnain (Sindh, Quetta Gladiators), Naseem Shah (Central Punjab, Quetta Gladiators), Shaheen Shah Afridi (Northern, Lahore Qalandars), Sohail Khan (Sindh, Quetta Gladiators), Usman Shinwari (Khyber Pakhtunkhwa, Lahore Qalandars) and Wahab Riaz (Southern Punjab, Peshawar Zalmi)

स्पिनर ( ४ जना ) – Imad Wasim (Northern, Karachi Kings), Kashif Bhatti (Sindh), Shadab Khan (Northern, Islamabad United) and Yasir Shah (Balochistan, Peshawar Zalmi).

छनौट भएका टिम बारे बोल्दै प्रमुख छनौटकर्ता तथा प्रशिक्षक मिस्बाह उल हकले बताए – “इंग्ल्यान्डमा राम्रो गर्न सक्ने विश्वासका साथ टिम छनौट गरेका छौँ। लामो समय देखि क्रिकेट नहुँदा पक्कै छनौट गर्न मुस्किल थियो तै पनि अब हामि इंग्ल्यान्ड भ्रमण अघि राम्रो अभ्यास गर्नेछौँ जसपछि खेलाडीहरु लयमा आउनेमा विस्वस्त छौँ।”

२०७७ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित