एन्फाको आपतकालीन स्थगित बैठक आज २ बजे बस्दै

अखिल नेपाल फुटबल संघ एन्फाको हिजो स्थगित आपकालीन बैठक आज बस्दै छ । सोमबार हुने भनिएको आपतकालीन स्थगित बैठक आज बस्न लागेको एन्फाले जनाएको छ ।

मानार्थ अध्यक्षयलगायतय विभिन्न ३ एजेन्डामा हिजोको बैठक बस्ने तय थियो । तर समितिका एक सदस्य रहेका एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि आपतकालिन बैठक स्थगित भएको एन्फाले जनाएको छ ।

एन्फाले अब मंगलबार कार्यसमितिको आकस्मिक बैठक गर्ने जनाएको छ । जसमा सबै कार्यसमितिको सदस्यलाई बोलाइएको एन्फाले जनाएको छ । बैठक आज दिउँसो २ बजे बस्नेछ ।

२०७७ असार २, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment