३० वर्षपछि लिभरपुललाई इंग्लिस प्रिमियर लिगको उपाधि

३० वर्षपछि लिभरपुलले इंग्लिस लिगको उपाधि जितेको छ । दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी चेल्सीको हातबाट २–१ ले पराजित भएपछि लिभरपुलले उपाधि जित्ने निश्चित भएको हो ।

स्टायनफोर्ड ब्रिजमा बिहीबार भएको खेलमा सिटी पराजित भएपछि लिभरपुलले लिग तालिकाका २३ अंकको उछिन्न नसकिने अग्रता कायम गरेको थियो ।

खेलमा चेल्सीलाई जित दिलाउन विलियनले ७८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । यसअघि चेल्सीले क्रिस्टियन पुलिसिचको गोलले ३६ औं मिनेटमा अग्रता लिएको थियो । सिटीका तर्फबाट केभिन डे ब्रुनले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । अब लिगमा लिभरपुलको अर्को खेल म्यानचेस्टर सिटीविरुद्ध नै रहेको छ ।


लिभरपुलले अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो र त्यति बेला यो पुरानो पहिलो डिभिजन थियो । त्यसयता लिभरपुलको लिगमा भाग्य अस्ताएका थियो । त्यसबीच म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी शक्तिका रूपमा अगाडि आएका थिए ।

गत सिजन दोस्रो स्थानमा रहेको लिभरपुलले उपाधि जितेको यो १९ औं हो र यससँग यससँग लिभरपुल म्यानचेस्टर युनाइटेडले जितेको २० लिग उपाधिको नजिक पनि पुगेको छ ।

२०७७ असार १२, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment