इंग्लिस प्रिमियर लीगमा लेष्टर सिटी र चेल्सी पराजित

इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी र चेल्सी पराजित भएका छन् ।

तेस्रो स्थानको लेष्टर र चौथो स्थानको चेल्सी पराजित भएपछि शीर्ष पाँचको यात्रा थप रोमान्चक भएको छ ।

रेलिगेशनको जोखिममा रहेको वेष्टह्यामसँग ३२ ले पराजित भएपछि चेल्सीले लीगको तेस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । लण्डन डर्बीमा घरेलु टोली वेष्टह्यामसँग चेल्सीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन ।

४२ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । उसका लागि विलियमले पेनाल्टीमार्फत गोल गरेका थिए । तर खेलको पहिलो हाफको इन्जुरी समयमा वेष्टह्यामका टोमस सोसेकले गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वेष्टह्यामले दुई गोल थप्दा चेल्सीले एक गोल मात्र गर्न सक्यो । ५१ औं मिनेटमा एन्टोनियोको गोलसँगै वेष्टह्यामले अन्तर दुई एकमा पुर्याकएको थियो । तर ७२ औं मिनेटमा विलियमले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल दुई(दुईको अवस्थामा पुर्याकएका थिए ।

तर ८९ औं मिनेटमा एन्ड्री यारमेलेङकोले गोल गरेपछि चेल्सी ३–२ गोलले स्तब्ध हुन पुग्यो । हारपछि चौथो स्थानको चेल्सी ३२ खेलबाट ५४ अंकसहित चौथो स्थानमै छ । उता वेष्टह्याम ३२ खेलबाट ३० अंक जोड्दै १६ औं स्थानमा उक्लिएको छ ।

यसअघि तेस्रो स्थानको लेस्टर सिटी एभर्टनसँग दुई-एक गोलले पराजित भएको थियो । हारपछि तेस्रो स्थानको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ । लीग अन्तर्गत गएराति नै भएका अन्य खेलमा आर्सनलले नर्विच सिटीमाथि ४-० तथा न्यूक्यासल युनाइटेडले बर्नमाउथमाथि ४-१ को जित निकालेका छन् ।

२०७७ असार १८, बिहीबार मा प्रकाशित