च्याम्पियनस् लिग: क्वाटर र सेमिफाइनल ड्र सार्वजनिक

कोरोना महामारीको कारण बन्द भएका खेलकुद गतिविधिहरु पुन सुचारु हुने क्रममा छ्न्। जुन क्रममा च्याम्पियन्स लिग पनि पुनः सुचारु हुने निश्चिति भएको छ। डिफेन्डिङ च्याम्पियन लिभरपुल र एट्लेटिको म्याड्रिको खेलपछि च्यम्पियनस् लिग रोकिएको थियो ।

युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।

कोरोनाको प्रभाव अगाडि राउन्ड अफ १६ अन्तर्गतको ३ खेलको दुबै लेग समाप्त भएको थियो । बाँकी ४ खेलको एक लेग मात्र समाप्त भएको थियो । कोरोनाको महामारीलाई उछिन्दै च्याम्पियन्स लिग अगस्ट ७ बाट सुचारु हुने तय भएको छ ।

क्वाटरफाइनल अन्तर्गत म्यानचेस्टर सिटि र रियल म्याड्रिड बिचको बिजेताले लियोन्स र युभेन्ट्स बिचको बिजेतासँग भिड्ने छ । यस अघि रियल र सिटि बिचको राउन्ड अफ १६ अन्तर्गतको पहिलो लेग १-२ मा समाप्त भएको थियो । लियोनस् र युवेन्टस बिचको खेल १-० मा समाप्त भएको थियो ।

यस्तै बार्सिलोना र नापोली बिचको विजेताले चेल्सी र बार्यन बिचको विजेता सँग प्रतिस्पर्धा गर्ने छ्न् । यस अगि बार्सिलोना र नापोली बिचको खेल १-१ को बराबरीमा समाप्त भएको थियो । यता बार्यनले चेल्सी माथी ४-० को जित आत्मसात् गरेको थियो ।

क्वाटरफाइनलको खेलमा एट्लेटिको म्यड्रिड र लेइप्जिग एक आपसमा भिड्ने छन् भने एटलान्टा र पेरिस जर्मन एक आपसमा प्रतिस्पर्धा गर्ने छन् ।

डिफेन्डिङ च्याम्पियन लिभरपुल यस अघिनै प्रतियोगिताबाट बाहीरिसकेको छ । अगस्ट ७ बाट प्रतियोगिता फेरि सुचारु हुने छ । अब सेमिफाइनलको खेलहरु भने १ लेगमै समाप्त गर्ने नयाँ नियम राखिएको छ ।

क्वाटरफाइनलको खेल अगस्ट १२ देखि १५ सम्म हुनेछ भने सेमिफाइनल खेल अगस्ट १८ र १९ म हुनेछ।
फाइनल खेल अगस्ट २३ मा हुनेछ ।

२०७७ असार २६, शुक्रबार मा प्रकाशित