इंग्लिस प्रिमियर लिगको ३५औं चरणको खेल अन्तर्गत नर्विच र वेस्टहाम युनाइटेड बिचको खेलमा वेस्टहामले फराकिलो जित निकालेको छ।
वेस्टह्यमले घरेलु टोलि नर्विचलाई ४-० को गोल अन्तरले पराजित गरेको हो । वेस्टह्यामका लागि एन्टोनियो एक्लैले ४ गोल प्रहार गरे । खेलको ११औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामले पहिलो अग्रता दिलाएका थिए। पहिलो हाफको थप समयमा ब्यक्तिगत दोस्रो गोल गर्दै एन्टोनियोले वेस्ट ह्यमलाई दोस्रो अग्रता दिलाए । पहिलो हाफको खेल ०-२ को गोल अन्तरमा समाप्त भएको थियो । दोस्रो हाफको ५४ र ७४ मिनेटमा गोल प्रहार गर्दै एन्टोनीयोले वेस्ट ह्यमको गोल सङ्ख्या ४ बनाए। त्यसपछि दुबै टोलि बाट गोल हुन सकेन र वेस्ट ह्यमले ४-० को फराकीलो गोल अन्तरले खेलमा सहज जिल हात पार्यो ।
जितसँगै वेस्टह्यम १६औं स्थानमा उक्लिएको छ। नर्विच सिटि भने लगातार सातौं हार बेहोर्दै रेलिगेसनमा पर्ने पक्का भएको छ । लिग समाप्त हुन तीन खेल बाँकि रहदा पुच्छरमा रहेको नर्विच भने लिगबाट घटुवा हुने पहिलो टोलि बन्यो । ३४ अंक बटुलेको वेस्टहाम रेलिगेसनको डरबाट मुक्त भएको छ ।
