ला लिगा : रियल म्याड्रिडलाई पछ्याउँदै बार्सिलोना

ला लागिको अन्त्य तिर आइपुग्दा उपाधीको लागि चिरपरिचित प्रतिद्वन्दी रियल म्याड्रिड र बार्सिलोनाको प्रतिस्पर्धा भइरहेको छ । राती सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिड विरुद्ध कठिन जित हात पार्दै शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरि एक अंकमा झारेको छ ।

भालाडोलिडको घरेलु मैदानमा बार्सिलोनाले ०-१ को जित हासिल गरेको हो । जित सँगै बार्सिलोनाले महत्वोपुर्ण ३ अंक आफ्नो खल्तीमा पारेको छ । दुई टोलि बिचको खेलमा १५ औं मिनेटमा आर्टुले भिडालले गरेको गोल निर्णायक सावित भयो । तीन जना डिफेन्डरलाई छकाउदै मेस्सीले दिएको शानदार पासको सदुपयोग गर्दै भिडालले गरेको प्रहार बारमा ठोक्किएर जाली चुम्न पुग्यो । खेलमा बार्साले अरु उत्कृष्ट अवसर पाएता पनि अवसरको सदुपयोग भने गर्न असफल भए । खेलमा अन्य गोल नभए पछि बार्साले ०-१ को जित हात पार्दै तीन अंक हात पारेको हो ।

शिर्ष स्थानमा रहेको रियल म्याड्रिको ८० अंक पुगिसकेको छ । जित सँगै बार्सिलोनाको भने ३६ खेलमा ७९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रि बिच १३ अंकको दुरि रहेको छ । भालाडोलीड भने ३६ खेलमा ३९ अंक बटुल्दै १४ स्थानमा रहेको छ । भालाडोलिड अझै पनि रेलिगेसनको डरमा रहेको छ।

रियलले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ । रियलले सोमबार ग्रानडाको सामना गर्दै छ । रियल जित निकाल्दै आफ्नो उपाधी जित्ने लक्ष थप मजबुत बनाउने सोचले मैदानमा उत्रिने छ । बार्सिलोनाले भने शुक्रबार ओसासुनाको सामना गर्दै छ ।

२०७७ असार २८, आईतवार मा प्रकाशित