इंग्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडलाई तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर

इंग्लिस प्रिमियर लिग अन्तर्गत ३५ औं चरणको खेलमा आज राती म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ ।

खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुँदैछ। खेल नेपाली समय अनुसार रातको १२ : ४५ बजे सुरु हुनेछ।

राम्रो लयमा रहेको म्यान्चेस्टर युनाइटेड खेलमा महत्त्वपूर्ण ३ अंक हासिल गर्दै तेस्रो स्थानमा उक्लिने लक्षले मैदानमा उत्रिने छ । साउथह्याम्पटन भने खेलमा जित दर्ता गर्दै एघारौं स्थानमा उक्लिने दाउमा रहनेछ ।

हालसम्म यी दुई टोलि ४१ पटक आमने-सामने भएका छन्। त्यसमध्ये म्यान्चेस्टर युनाइटेडले २६ खेलमा जित हात पारेको छ भने साउथह्याम्पटनले युनाइटेडलाई ७ पटक स्तब्ध बनाएको छ । ८ पटक खेल बराबरीमा समाप्त भएको छ ।

अन्य टोलि भन्दा एक खेल कम खेलेको युनाइटेड पाचौं स्थानमा रहेको छ । युनाइटेडले ३४ खेलमा ५८ अंक बनाइसकेको छ भने तेस्रो स्थानमा रहेको चेल्सीसँग २ अंकको दुरि रहेको छ । आजको खेलमा जित हासिल गर्न सके युनाइटेडको च्याम्पियन्स लिग खेल्ने इच्छा थप मजबुत बन्ने छ ।

३४ खेलमा ४४ अंक रहेको साउथह्याम्पटन अंक तालिकाको १२ औं स्थानमा रहेको छ । साउथह्याम्पटनको एघारौं स्थानमा रहेको एभर्टन भन्दा १ अंक कम रहेको छ ।

म्यान्चेस्टर सिटिको युरोपियन फुटबलमा लागेको प्रतिबन्ध हटेसँगै युनाइटेडलाई च्याम्पियन्स लिग खेल्न शिर्ष-४ मा पर्नै पर्ने आवस्यक भएको हो ।

२०७७ असार २९, सोमबार मा प्रकाशित