इंगलिस फुटबल क्लब टोटेनहमका खेलाडी सर्ज अरिअरको भाइ क्रिस्टोफरको हत्या भएको छ।
क्रिस्टोफर माथि फ्रान्सको टोउलउज शहरको नाइटक्लब बाहिर सोमबार बिहान करिब ५ : ०० बजे गोलि प्रहार गरि हत्या गरिएको फ्रेन्च पुलिसले बताएको छ ।
२६ वर्षिय क्रिस्टोफरको पेटमा दुईवटा गोलि प्रहार गरिएको छ। उनको रनग्युएल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। हत्या गरिएको कारण र हत्यारा अज्ञात रहेको छ। हत्यारा घटना पछि फरार भएको बताईएको छ।
स्थानीय बासिन्दाले क्रिस्टोफर भुइँमा लडेको देखेपछि पुलिसलाई बोलाएका थिए ।

को हुन् क्रिस्टोफर
टोटेनहमका डिफेन्डर सर्ज अरिअरको स्वर्गीय भाइ क्रिस्टोफर पनि फुटबलर थिए । उनि फ्रेन्चको पाचौं डिभिजनको लिगमा रोडियो टोउलउज टिमसँग आवद्ध थिए ।
२७ वर्षिय सर्ज अरिअर २०१७ मा पेरिस सेन्ट जर्मेनबाट टोटेनहाममा आवद्ध भएका थिए । उनी आइभोरी कोस्टका कप्तान समेत हुन । आइतबार सम्पन्न आर्सनल विरुद्धको खेलमा अरिअरले खेलको पुरै समय खेलेका थिए।
