इंग्लिस प्रिमियर लिग समाप्त हुन ३ चरणका खेलहरु बाँकी रहदा गोल्डेन बुटको दौड भने रोचक बनेको छ । लिगको अन्त्यतिर आइपुग्दा गोल्डेन बुटको दौडमा लेस्टर सिटीका जेमी भार्डि शिर्ष स्थानमा रहेका छन् । गोल्डेन बुट सिजनको सर्वाधिक गोलकर्ताले हात पार्ने हो ।
लेस्टरका अग्रपंक्तिको खेलाडी जेमि भार्डीले २६ खेलमा २३ गोल गर्दै पहिलो स्थान कब्जा गरेका हुन् । आर्सनलका खेलाडी आबुमियाङले भार्डीको पिछा गर्दै छन् । दोस्रो स्थानमा रहेका आबुमियाङले २० गोल गर्दै गोल्डेन बुटको दौडमा आफुलाइ प्रवल सावित गरिरहेका छन् ।
लिग विजेता टोलि लिभरपुलका महत्वपूर्ण सदस्य मोहमद सलाहले पनि १९ गोल गर्दै गोल्डेन बुटको दौडमा आफ्नो दाबेदारी पेस गरेरहेका छन् । यस्तै साउथह्याम्पटनका खेलाडी डानी इन्ग्सले पनि १९ गोल गरिसकेका छन् ।
म्यान्चेस्टर सिटीका खेलाडी रहिम स्ट्रलिङको नाममा १७ गोल रहेको छ ।
दोस्रो स्थानको खेलाडीको भन्दा ३ गोल बडि रहेको भार्डीलाई सिजनको अन्त्यमा पनि यथावत स्थानमा रहने कुरा धेरै फुटबल पण्डितहरुले अनुमान गरेका छन् ।
गत सिजन गोल्डेन बुटको उपाधी आबुमियाङ, माने र सलाहले बाडेका थिए । सिजनको समाप्तिमा तीन जानै खेलाडीको खातामा २२ गोल रह्यको थियो ।
