इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा रेलिगेसनमा परेको नर्विचविरुद्ध चेल्सीले साँघुरो जित हात पारेको छ । जिरुउडको एक मात्र गोलमा चेल्सी १-० ले विजय भएको हो ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा जिरुउडले गरेको गोल निर्णायक सावित भयो । थप समयको ३ औं मिनेटमामा पुलिसिकको क्रस पासमा जिरुउडले गोल गरेका थिए । खेलमा धेरै आक्रमण बुनेको चेल्सीले अन्य गोल गर्न भने असफल रह्यो ।
जितसँगै चेल्सी तेस्रो स्थानमा यथावत रहेको छ भने चौथो स्थानको लेस्टरसँग भन्दा ४ अंक अगाडि छ । पाचौं स्थानको युनाइटेडसँग पनि ५९ अंक नै रहेको छ । युनाइटेड र लेस्टरले भने चेल्सीले भन्दा एक खेल कम खेलेका छन् ।लन्डन क्लब चेल्सीले जितसँगै अंक तालिकाको शिर्ष ४ मा रहेर अर्को वर्ष च्याम्पियनस लिग खेल्ने सम्भावना थप मजबुत बनाएको छ ।
रेलिगेसनमा परेको टोलि नर्विच २१ अंक सहित पुच्छरमा रहेको छ ।
चेल्सीले आगामी खेलमा लिग विजेता लिभरपुलको सामना गर्ने छ ।
