इंग्लिस प्रिमियर लिग : आर्सनल र लिग विजेता लिभरपुल आमने-सामने हुदै

इंग्लिस प्रिमियर लिग अन्तर्गत ३६ औं चरणको खेलमा आज आर्सनलले लिग विजेता लिभरपुलको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ : ०० बजे आर्सनलको घरेलु मैदानमा खेलिनेछ ।

यी दुई टोलि अहिलेसम्म ५५ पटक आमने-सामने हुँदा लिभरपुलले २१ खेलमा जित हात पारेको छ भने आर्सनलले १५ खेल आफ्नो नाममा गरेको छ । यस्तै १९ खेल भने बराबरीमा सिमित भएको थियो ।

जारि संस्करणमा आर्सनलले एन्फीलडको यात्रा गर्दा घरेलु टोलि लिभरपुलले ३-१ को फराकिलो जित हासिल गरेको थियो । जितमा लिभरपुलका लागि सलाहले २ तथा माटीपले एक गोल गरेका थिए । आर्सनलका लागि एक मात्र गोल लुइजले गरेका थिए ।

३५ खेलमा ९३ अंक बनाएको लिभरपुलले लिग उपाधी आफ्नो नाममा गरिसकेको छ । ३० वर्षको लामो समय पछी अन्ततः यो सिजन लिभरपुल उपाधी चुम्न सफल भएको हो । आर्सनलमाथी जित निकाल्दै म्यान्चेस्टर सिटिको एकै सिजनमा रहेको १०० अंकको कीर्तिमान भङ्ग गर्ने दाउले लिभरपुल मैदानमा उत्रिने छ ।

यस्तै ९ स्थानमा रहेको आर्सनलले भने ३५ खेलमा ५० अंक बनाएको छ । आर्सनलको भने जित हात पार्दै अर्को वर्ष हुने युरोपा लिगमा छ्नोट हुने सम्भावना जिवित राख्ने लक्ष रहनेछ ।

२०७७ असार ३१, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment