इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार बेलुकी सम्पन्न खेलमा म्यान्चेस्टर सिटिले बर्नमाउथमाथी शानदार जित दर्ता गरेको छ । सिटिको घरेलु मैदान इतिहादमा भएको खेलमा बर्नमाउथ १-२ गोलले पराजित भएको हो ।
गए राति सम्पन्न खेलमा सिटिका कप्तान डेविड सिल्भाले १ गोल र १ असिस्ट गरेका हुन् ।
खेलको छैटौं मिनेटमा पाएको फ्रिकिकलाई सिल्भाले गोल गर्दै सिटिलाई सुरुवाती अग्रता दिलाएका थिए । स्पेनका खेलाडी सिल्भाले बायाँ खुट्टाले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो । खेलको ३९ औं मिनेटमा सिल्भाले दिएको पासलाई सिटिका अग्रपंक्तिका खेलादी ग्याब्रियल जेसुसले गोल गर्दै सिटिको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको समाप्तिमा घरेलु टोलि २ गोलले अगाडि थियो ।

बर्नमाउथका लागि ८८ औं मिनेटको खेलमा ब्रुक्सले गोल गर्दै पाहुना टोलिलाई खेलमा फर्काउने प्रयास गरे। तर उनको गोल घरेलु टोलिबाट अंक खोस्न भने प्रयाप्त भएन । गोल भारको मद्दतले घोषित भएको थियो । खेलमा भारको प्रयोग भने धेरै भयो । खेलको दोस्रो हाफमा दुबै टोलिले अन्य गोल गर्ने अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल भए ।
३६ खेलमा ७५ अंक बनाएको सिटि अंक तालिकाको दोस्रो स्थानमा छ । सिजनको समाप्तिमा पनि सिटि अंक तालिकाको दोस्रो स्थानमा यथावत रहने पक्का भैसकेको छ । लिग विजेता लिभरपुल र म्यान्चेस्टर सिटिको अंक दुरि १८ अंकमा झरेको छ ।
यस्तै बर्नमउथ भने ३५ खेलमा ३१ अंक सहित रेलिगेसन जोनमा रहेको छ । १८ औं स्थानको बर्नमउथ १७ औं स्थानको वाट्फर्ड भन्दा ३ अंकले पछाडि छ । हारसँगै बर्नमउथ रेलिगेसनबाट जोगिने सम्भावना एक्दमै कम भएको छ ।
सिटिले आफ्नो आगामी खेलमा वाट्फर्डको सामना गर्दै छ । बर्नमउथ भने साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्ने छ ।
