इंग्लिस प्रिमियर लिग : जित्नेपर्ने खेलमा शेफिल्डले लेस्टर सिटिसंग प्रतिस्पर्धा गर्दै

इंग्लिस प्रिमियर लिग अन्तर्गत ३६ औँ चरणको खेलमा आज लेस्टर सिटि र सेफिल्ड युनाइटेड आमने-सामने हुदैछन् । खेल लेस्टर सिटिको घरेलु मैदानमा नेपाली समय अनुसार बेलुकीको १० : ४५ बजे सुरु हुँदैछ ।

जारी संस्करणमा यी दुई टोलि बीचको पछिल्लो प्रतिस्पर्धामा लेस्टरले १-२ को कठिन जित हासिल गरेको थियो ।

आजको खेलको नतिजाले अंक तालिकामा व्यापक फेरबदल गराउने छ। लिगको अन्त्यतिर आइपुग्दा उक्त खेल दुबै टोलिको लागि उत्तिकै महत्वपूर्ण रहने छ।

३५ खेलमा ५९ अंक सहित लेस्टर चौथौ स्थानमा छ । पाँचौ स्थानमा रहेको म्यनचेस्टर युनाइटेडको पनि समान अंक रहेको छ। ३६ खेलमा ६३ अंक बनाएको चेल्सी भने तेस्रो स्थानमा छ । यद्यपि चेल्सीले एक खेल बढी खेलिसकेको छ । सिजनको समाप्तिमा अंक तालिकाको शिर्ष ४ मा रहदै अर्को बर्ष हुने च्याम्पियन्स लिग खेल्ने लेस्टरको सम्भावना मजबुत बनाउन आजको खेल जित्नैपर्ने हुन्छ ।

अंकतालिका

३५ खेलमा ५४ अंक बनाएको सेफिल्ड भने सातौँ स्थानमा छ। च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई जिवितै राख्न सेफील्डलाई आजको खेलमा जित हात पार्ने पर्ने हुन्छ ।

यस्तै इंग्लिस प्रिमियर लिग अन्तर्गत आज अरु ३ खेल पनि हुँदैछन् । नेपाली समय अनुसार बेलुकीको १० : १५ बजे एभर्टनले एस्टोन भिल्लाको सामना गर्दै छ । क्रिस्टल प्यालेसले युनाइटेडसँग तथा साउथह्याम्पटनले ब्राइटोनसँग भिडन्त गर्नेछ। दुबै खेल नेपाली समय अनुसार रातिको १ : ०० बजे हुनेछ ।

२०७७ श्रावण १, बिहीबार मा प्रकाशित