ला लिगा : रियल म्याड्रिडललाई आजै उपाधी जित्ने अवसर

स्पेनीस लिग वा ला लिगामा आज रियल म्याड्रिडले भिल्लारिएलको सामना गर्दैछ। रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको १२ : ४५ बजे सुरु हुनेछ।

लिगको जारी समीकरण पूरा हुन दुई चरणका खेलहरु बाँकी रहदा रियल उपाधी चुम्न मात्र एक जित टाढा रहेको छ ।

३६ खेलमा ८३ अंक बनाएको रियल अंक तालिकाको शिर्ष स्थानमा छ। रियल म्याड्रिड र दोस्रो स्थानको बार्सीलोना चार अंकको दुरिमा छ।भिल्लारीएल भने ३६ खेलमा ५७ अंक बनाएर पाचौं स्थामा छ ।

आजको खेलमा जित हात पार्न सके रियल म्याड्रिड ला लिगाको विजेता हुनेछ। हार बेहोरेको खण्डमा पनि रियलको ला लिगा जित्ने सम्भावनामा कायमै रहनेछ।

रियल म्याड्रिडले अहिलेसम्म ३३ पटक ला लिगाको उपाधी आफ्नो नाम गरिसकेको छ जुन क्रममा पछिल्लो पटक
२०१७ मा ला लिगाको उपाधी जितेको थियो ।

२०७७ श्रावण १, बिहीबार मा प्रकाशित