रियल म्याड्रिडलाई ३४ औं ला लिगा उपाधी

गए राती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्लारीयललाई २-१ को साँघुरो जित हात पार्दै ला लिगाको उपाधी आफ्नो नाममा गरेको हो । ला लिगा समाप्त हुन एक चरणका खेल अगावै रियलले उपाधी आफ्नो पोल्टामा पारेको छ ।

भिल्लारियविरुद्ध २-१ को जित निकाल्ने क्रममा रियलका लागि करिम बेन्जेमाले २ गोल प्रहार गरे । २९ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । भिल्लारीयलका लागी इब्बोराले ८३ औं मिनेटको खेलमा गरेको गोल सान्त्वना मात्र बन्यो ।

रियलले कोरोना महामारीलाई उछिन्दै फुटबल फर्किए पाछी लगातार १० खेलमा जित हात पारेको हो ।

३७ खेलमा ८६ अंक बनाएर शिर्ष स्थानमा रहेको रियलले लिग हात पारेको छ ।

भिल्लारियल भने ३७ खेलमा ५७ अंक बनाउदै पाँचौ स्थानमा यथावत रहेको छ ।

रियलको यो ३७ औं ला लिगा उपाधी हो । पछिल्लो पटक म्याड्रिडले स्टार खेलाडी रोनाल्डो आफ्नो टोलिमा हुदा २०१७ मा ला लिगा उपाधी आफ्नो कब्जामा गरेको थियो ।

२०७७ श्रावण २, शुक्रबार मा प्रकाशित