लिड्स युनाइटेड १६ वर्ष पछी अर्थात २००४ पछी पहिलो पटक प्रिमियर लिगमा फर्किएको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट ब्रुमलाई हडर्सफिल्डले पराजित गरेसँगै लिड्स युनाइटेडको इंग्लिस प्रीमियर लिगमा बढुवा पक्का भएको हो ।
च्याम्पियनसिप अन्तर्गत दुई चरणका खेलहरु बाँकी रहदै लिड्स युनाइटेडले इङ्ग्ल्यान्डको शिर्ष डिभिजनमा आफ्नो पुनरागमन जनाएको छ ।
२००१ च्याम्पियनस लिगको सेमिफाइनलमा पुगेको लिड्सको यो १६ वर्षको यात्रा निकै दयनीय रह्यो ।
लिड्सका समर्थकले लामो समयको पर्खाइ पछि प्रिमियर लिगमा बढुवा भएको कारण एलान्ड रोडमा भब्य रुपमा खुशीयाली मनाएका छन् ।

