एफए कप : फाइनल पुग्न लागि म्यान्चेस्टर सिटि र आर्सनल बीच प्रतिस्पर्धा

एफए कपको पहिलो सेमिफाइनल अन्तर्गत आज म्यान्चेस्टर सिटि र आर्सनल प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार रातिको १२:३० बजे सुरु हुनेछ ।

खेलमा जित हात पार्ने टोलि जारी संस्करणको एफए कपको फाइलमा प्रवेश गर्ने पहिलो टोलि बन्ने छ । खेल इङ्ग्ल्यान्डको वेम्ब्ले रंगशालामा हुँदै छ ।

२०१७ को एफ कपको सेमिफाइनलमा आर्सनलले सिटिलाई पराजित गर्दै फाइलको यात्रा तय गरेको थियो । जारी संस्करणको इंग्लिस प्रिमियर लिगमा भने यी दुई टोलि प्रतिस्पर्धा गर्दा दुबै खेलमा म्यान्चेस्टर सिटिले एक तर्फी जित हासिल गरेको थियो ।

क्वाटरफाइलमा आर्सनलले सेफिल्डविरुद्ध २-१ को कठिन जित हात पारेको थियो भने म्यान्चेस्टर सिटिले न्युकासल युनाइटेडविरुद्ध २-० को सहज जित हासिल गरेको थियो ।

म्यान्चेस्टर सिटि २०१९ एफए कपको विजेता टोलि हो ।

दोस्रो सेमिफाइनलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडको सामना गर्ने छ । दुइ खेलको विजेता टोलि एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

२०७७ श्रावण ३, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment