आर्सनल एफए कपको फाइनलमा

गए राती सम्पन्न खेलमा आर्सनलले म्यान्चेस्टर सिटिविरुद्ध २-० को सहज जित हात पार्दै जारी सिजनको एफए कपको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । आर्सनलको जितमा कप्तान पियरे इमिरिक औवमियाङले दुबै गोल गरेका हुन् ।

१४ पटक एफए कप विजेता सिटिलाई आश्चर्यजनक पराजित गर्दै आर्सनल सात वर्ष पछी २१ औं पटक फाइलको यात्रा तय गरेको छ । आर्सनलले पछिल्लो सात खेलमा सिटिबाट हार बेहोर्न पुगेको थियो ।

१९ औं मिनेटको खेलमा निकोलस पेपेको क्र्स पासलाई औवमोयाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ७१ औं मिनेटको खेलमा काइरन टिएरनेको लोफ्टेड पासलाई ३१ वर्षिय औवमियाङले गोल गर्दै फाइनलको लागि आर्सनलको टिकट सुरक्षित पारे ।

खेलमा निकै पोजेसन बनाएको सिटिले गोल गर्न भने चुक्न पुग्यो । उक्त कारणले इंग्लिस प्रिमियर लिग जित्न नसकेको सिटि एफए कप बाट पनि आउट भएको छ ।

गत सिजनको उपाधी हात पार्ने क्रममा सिटिले फाइलमा वाटफर्डलाई ६-० को नमिठो हार चखाएको थियो ।

डिसेम्बरमा म्यान्चेस्टर सिटि बाट असिस्टेन्ट प्रशिक्षकको जागीर त्यागेर आर्सनलको मुख्य प्रशिक्षक बनेका अर्टेटाले आर्सनललाई फाइल पुराएका हुन् ।

अब दोस्रो सेमिफाइनलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड बिचको बिजयी टोलिले आर्सनलसँग एफए कपको उपाधीको लागि प्रतिस्पर्धा गर्ने छ । फाइल अगस्ट १ मा हुने छ ।

२०७७ श्रावण ४, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment