एफए कप : दोस्रो सेमिफाइनलमा आज म्यान्चेस्टर युनाइटेड र चेल्सी प्रतिस्पर्धा गर्दै

एफए कप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज राती युनाइटेड र चेल्सी आमने-सामने हुँदै छन् । खेल नेपाली समय अनुसार रातिको १०:४५ बजे बाट सुरु हुनेछ ।

इङ्ग्ल्यान्डको वेम्ब्ले रंगशालामा हुने यस खेलको विजेता टोलिले उपाधीका लागि आर्सनलको सामने गर्ने छ ।

यस सिजनमा युनाइटेड र चेल्सी तन पटक भिड्दा सबै खेलमा युनाइटेडले जित हात पारेको छ । त्यसैले पनि युनाइटेडलाई रोक्न लाम्पार्डको चेल्सीले भिन्न किसिमको योजना लिएर मैदानमा उत्रिनु पर्ने देखिन्छ ।

विश्वकप विजेता कान्टेले यस खेल घुमाउने चेल्सीका मुख्य प्रशिक्षक लाम्पार्डले पक्का गरेका छन् ।

यी दुई टोलि इंग्लिस प्रिमियर लिगको शिर्ष ४ मा पर्नका निम्ति पनि लागिपरेका छन् ।

पहिलो सेमिफाइनलमा आर्सनलले म्यान्चेस्टर सिटिलाई २-० ले पराजित गर्दै फाइलको यात्रा तय गरेको थियो ।

२०७७ श्रावण ४, आईतवार मा प्रकाशित