ला लिगा : मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सीलोनाको फराकिलो जित

गए राती सम्पन्न खेलमा बार्सीलोनाले अलाभेसविरुद्ध ०-५ को फराकिलो जित हासिल गरेको छ । जितसँगै बार्साले जारि संस्करणको ला लिगामा सुखद अन्त्य गरेको हो ।

बार्साको जितमा स्टार खेलाडी मेस्सीले २ गोल तथा १ असिस्ट गरे । २४ औं मिनेटको खेलमा मेस्सीको असिस्टमा आन्सु फातीले गोल गर्दै बार्सालाई सरुवाती अग्रता दिलाएका थिए ।

मेस्सीले जारी संस्करणमा २१ औं असिस्ट पूरा गरेका छन् । कुनै पनि सिजनमा एउटा खेलाडीले ला लिगामा गरेको यो सबै भन्दा धेरै असिस्टको कीर्तिमान हो । ला लिगाको २००८/९ को सिजन अन्तर्गत बार्साका खेलाडी जावीको उच्च २० असिस्ट रहेको थियो ।

मेस्सीको योगदान असिस्टमा मात्र सिमित रहेन । ३४ र ७५ मिनेटको खेलमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे ।

मेस्सी २०१९ / २० सिजनको ला लिगामा कुल टप गोल स्कोरर पनि बनेका छन् ।  मेस्सी सातौं पटक पिचिची उपाधीको हकदार बनेका छन् । पिचिची उपाधी लिगको टप स्कोररले पाउने गर्छ ।

सुआरेज र नेल्सन सेमेडोले पनि एक-एक गोल गरे । बार्साका २० वर्षिय युवा खेलाडी पुजले २ असिस्ट गरेका हुन् ।

लिग विजेता रियल म्याड्रिड ८७ अंक सहित शिर्ष रहेको छ । जितसँगै बार्सिलोना भने ८२ अंक बनाउदै दोस्रो स्थानमा यथावत रहेको छ ।  आलाभेस भने ३९ अंक सहित १६ औं स्थानमा रहेको छ ।

२०७७ श्रावण ५, सोमबार मा प्रकाशित