एफए कप : म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी फाइलमा

एफए कप अन्तर्गत गए राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई १-३ ले पराजित गर्दै फाइलको यात्रा तय गरेको छ ।

वेम्ब्ले रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा जिरुउडले गोल गर्दै चेल्सीलाई खेलमा सरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ४६ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

खेलको ७४ औं मिनेटमा ह्यारी मिगुएरले आत्मघाती गोल गर्दै चेल्सीको जित पक्का गराए ।

८५ औं मिनेटको खेलमा ब्रुनोले पेनाल्टी मार्फत गरेको गोल केवल सान्त्वनामा सिमित बन्यो ।

युनाइटेडको १९ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।

हारसँगै एफए कपबाट युनाइटेड आउट भएको छ भने चेल्सीले उपाधीका लागि आर्सनलको सामना गर्ने छ ।
फाइल खेल अगस्ट १ मा हुँदै छ ।

२०७७ श्रावण ५, सोमबार मा प्रकाशित