राखेप सदस्य सचिव छनौटका लागि तीनजनाको नाम सिफारिस

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिब छनोटका लागि गठन गरेको छनोट समितीले आज मन्त्रालयमा तिन जनाको नाम सिफरिस गरेको छ ।

छनोट समितीले दिएको नाम अनुसार निवर्तमान सदस्य सचिब रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र महिलामा अन्जु श्रेष्ठ रहेका छन । सदस्य सचिब बन्नका लागि २७ जनाको आवेदन परेकोमा समितीले तिनजनाको नामलाई अन्तिमरुप दिएको हो ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार)ले सिफरिस भएका तिन जनाको नाम सम्भवत भोली विहिवार बस्ने मन्त्रीपरिषदको बैठकमा लैजानेछन । मन्त्री परिषदको वैठकले एकजनाको नाम टुङ्गो लगाउने छ ।

सिफारिस भएका मध्ये निवर्तमान सदस्य सचिब सिलवाल प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन भने बागलुङका लिल बहादुर नेकपाको केन्द्रिय सदस्य तथा नेपाल भलिवल संघका पुर्व उपाध्यक्ष समेत हुन । छनोटमा परेकी महिला अन्जु श्रेष्ठ भलिवलकी पुर्व राष्ट्रिय खेलाडी र कप्तान रहिसकेकी छन ।

मन्त्रालयका सचिब राम प्रसाद थपलियाको संयोजकत्वमा गठित समितीमा रिम बहादुर रानाभाट र इन्दिरा निरौला रहेका थिए ।

२०७७ श्रावण ७, बुधबार मा प्रकाशित