उत्कृष्ट पुनरागमन जित निकाल्दै लाजियो १३ वर्षपछि च्याम्पियन्स लिगमा

गए राती सम्पन्न खेलमा लाजियोले काग्लिएरिविरुद्ध २-१ को जित हात पारेको छ । जितसँगै लाजियोले इटालियन सिरि ‘ए’ को शिर्ष चारमा आफ्नो ठाउँ सुरक्षित पार्दै १३ वर्ष पछि युरोपेली फुटबलमा फर्किएको छ ।

लाजियोको जितमा सेरगेज मिलिनकोभीक साभीक र सिरो इम्मोबिलेले गोल गरेका हुन् । ४५ औं मिनेटको खेलमा सिमोनेले गोल गर्दै पाहुना टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलमा पछि परेको घरेलु टोलि लाजियो मजबुत रुपले खेलमा फर्कियो ।

दोस्रो हाफको ४७ औं मिनेटमा लाजियोको लागि साभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा जारी सिजनको गोल्डेन बुटको दौडमा रहेका इम्मोबिलेले गोल गर्दै लाजियोको पुनरागमन जित पक्का गराए ।

सिरि ‘ए’ को टप गोल स्कोररको सुचीमा ३१ गोलसहित इम्मोबिले शिर्ष स्थानमा छन् । युभेन्ट्सका स्टार खेलाडी रोनाल्डो भने ३० गोल गर्दै इम्मोबिलेको पिछा गरिरहेका छन् ।

सिरि ‘ए’ मा अझै ३ चरणका खेलहरु बाँकी रहदा ३६ खेलमा ७२ अंक सहित लाजियो चौथो स्थानमा छ । पाचौं स्थानको रोमाको भने केवल ६१ अंक छ । अंक गणितीय हिसावमा लाजियोको पनि उपाधि होड यथावत छ । काग्लीएरि भने ४२ अंक जोडेर १३औं स्थानमा छ ।

गए राती नै सम्पन्न खेलमा अन्तिम समयमा जोगिन नसक्दा युभेन्ट्सले उडेनिसँग २-१ को हार बेहोरेको छ ।

शिर्षस्थानको युभेन्ट्सले ८० अंक जोडिसकेको छ ।दोस्रो स्थानको एटलान्टाको ७४ तथा तेस्रो स्थानको इन्टर मिलानको ७३ अंक छ ।

“म निकै खुशी छु । हामिले हाम्रो निर्धारित र महत्त्वपूर्ण लक्षमा पुगेपछि खुशियाली मनाउनु सोभाविक हो जुन हामिले तीन चरणका खेलहरु अगावै हासील गरेका छौ ।”, १६ वर्षपछि च्याम्पियन्स लिगलाई छनोट भएपछि ३० वर्षिय इम्मोबीले भने ।

लाजियो दुई पटक इटालियन च्याम्पियन बनिसकेको छ ।

२०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment