एन्फाले विश्वकप छनोटको तयारी थाल्ने, ३५ जनालाई प्रशिक्षणमा डाकियो

कोविड-१९ महामारीको कारण नेपालमा ठप्प बनेको फुटबल फेरि गति लिने भएको छ।

सरकारले भदौ १ देखि खेलकुद प्रशिक्षण सुरु गर्न पाउने घोषणा गरेसँगै अखिल नेपाल फुटबल संघ (एन्फा ) ले एन्फाले आफ्ना खेलाडीहरुलाई पत्राचार गर्दै सम्बन्धित क्लबमार्फत सम्पर्क गर्न बताएको हो।

एन्फाले ३५ जना खेलाडीलाई फाल्गुनमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनलाई मुल्यांकन गर्दै रिपोर्टिङमा बोलाएको हो।

कोरोना महामारी मध्यनजर गर्दै खेलाडीहरु प्रशिक्षण अगाडि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने र अनिवार्य रुपमा पिसिआर परिक्षण गर्नुपर्नेछ।

घोषित ३५ सदस्यीय टोलि :-

गोलरक्षक – बिकेस कुथु, बिशाल श्रेष्ठ, एलन न्यौपाने, किरन चेम्जोङ

रक्षक – रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ र दिलेन लोक्तान

मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट र रोहित चन्द

फरवार्ड – अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र बिमल

विश्वकप छनोटको तयारी 

नेपालले असोज २२ गतेबाट सुरु हुने विश्वकप छनोटको खेलका लागि प्रशिक्षणको सुरु गर्न लागेको हो।एन्फा भदौ १ गते देखि प्रशिक्षण थाल्ने तयारीमा रहेको छ।

कोरोनाको कारण चैतमा हुनुपर्ने नेपालको विश्वकप छनोटका खेलहरु स्थगित भएको थियो ।

नेपालले विश्वकप छनोटका ३ खेल खेल्न बाँकी रहेको छ । आगामी तिन खेलहरु नेपालले आफ्नो घरेलु मैदानमा खेल्ने छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ मा चाइनिज ताइपेइसँग खेल्नेछ । अष्ट्रेलियासँग असोज २७ गते प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

५ रास्ट्र सम्मिलित समुहमा नेपालले ५ पटक विश्वकपमा भाग जनाएको टोलि अस्ट्रेलिया, एशिया पावरहाउस जोर्डान, कुवेत लगाएत चाइनिज ताइपेइको सामना गरिसकेको छ । नेपालले आफ्नो ५ खेलमा १ जित र ४ हारसहित ३ अंक जोडेको छ । नेपाल हाल अंक तालिकाको चौथो स्थानमा रहेको छ । खेल होम एन्ड अवेको आधारमा भैरहेको छ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणको यात्रा तय गर्ने छ । दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछ भने तेस्रो  टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछ । चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्नेछ भने पाँचौ हुने टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

२०७७ श्रावण १०, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment