फाइनल खेलमा साँघुरो जित निकालेको पिएसजी बन्यो कोपा डि फ्रान्सको च्याम्पियन

फाइनल खेलमा सेन्ट इटिनेलाई १-० ले पराजित गर्दै पिएसजीले कोपा डि फ्रान्सको उपाधी चुमेको छ ।

गए राती पिएसजीको घरेलु मैदानमा भएको खेलमा ब्राजिली स्टार फरवार्ड नेयमारले १४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

दुबै टोलिले गोल गर्ने राम्रो अवसर सिर्जना गरे पनि खेलमा अन्य कुनै गोल हुन सकेन

३१ मिनेटको खेलमा इटिनेका पेररीनले रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछी १० खेलाडीमा सिमित पाहुना टोलिले खेलमा फर्किन सकेन ।
फाइल खेलको पहिलो हाफमा पिएसजीका उदाउँदो खेलाडी केलिएन एमबाप्पे घाइते भएर खेलमा परिवर्तन हुन बाध्य भएका थिए । चोटको कारण मैदान मै आँशु थाम्न नसकेका २१ वर्षिय एम्बाप्पेलाई लडाउन पुगे पछि भारको सहयताले पेररिनलाई रातो कार्ड देखाएको थियो ।

पिएसजीले कोपा डि फ्रान्सको उपाधी १३ पटक आफ्नो नाममा गरेको छ । जारि सिजनमा पिएसजिले लिग १ को उपाधी पनि जितिसकेको छ ।

एम्बाप्पे को चोट निको हुन कति समय लाग्ने अझैसम्म निस्चित भैसकेको छैन । च्याम्पियन्स लिग जित्ने दाउमा रहेको पिएसजि आफ्नो प्रमुख खेलाडी एम्बाप्पेको चोटले निकै गाह्रो पार्ने देखिन्छ ।

२०७७ श्रावण १०, शनिबार मा प्रकाशित