बार्सिलोनाका पुर्व खेलाडी तथा हाल एल साड कतारी फुटबल क्लबका प्रशिक्षक जावीमा कोरोना पोजेटिभ देखिएको छ । आफ्नो इन्स्टाग्राम मार्फत स्पानीस खेलाडी जाविले आफुमा कोरोना देखिएको कुरा सार्वजनिक गरेका हुन् ।
तर, जावी हाल राम्रो अवस्थामा रहेको जानकारी पनि उनले दिएका छन् । जावी समाजिक दुरि कायम गर्न क्वारेन्टीनमा बसिरहेका छन् ।
“आफ्नो टिमलाई औपचारिक प्रतियोगितामा प्रशिक्षण गर्न म हाजिर हुन पाउदिन । मेरो ठाउँमा डेविड प्राट्सले प्रशिक्षणको रुपमा टिम सम्हाल्ने छन्।” जावीले बताए ।
“स्वास्थ्यकर्मीहरुले आदेस दिए पछि म काममा फर्किने छु र थप उर्जाका साथ आफ्नो दैनिकी जिवनमा फर्किने छु,” ४० वर्षिय प्रशिक्षकले बताए ।
जाविले २०१० मा स्पेनको प्रतिनिधित्व गर्दै विश्वकप जितेका थिए ।मे २८ २०१९ मा जावी २ वर्षे सम्झौतामा एल साड क्लबको प्रशिक्षक बनेका थिए । जावीले आफ्नो टोलिलाई एफसी च्याम्पियनन्स लिगको सेमिफाइनलसम्म पुराउन सफल भएका थिए । २००९, २०१० तथा २०११ मा जावी ब्यालुन डिओरको तेस्रो स्थानसम्म पर्न सफल भएका थिए