इंग्लिस प्रिमियर लिगको आगामी संस्करणको मिति घोषणा

इंग्लिस प्रिमियर लिगको २०२०/२१ को सिजन १२ सेप्टेम्बरबाट सुरु हुने भएको छ। सिजनको अन्तिम चरणको खेल मे २३ मा हुनेछ।

प्रिमियर लिग एफए कप र युरोपेली फुटबल लगायत अन्य घरेलु प्रतियोगिताहरुलाई मध्यनजर गर्दै खेल तालिका सार्वजनिक गरिएको हो।

प्रिमियर लिगको जारी सिजन ४ अगस्ट आइतबार सकिने छ। लिग अन्तर्गत प्लेअफ खेलहरु मात्र बाँकीछन्। जारी सिजनको उपाधी लिभरपुलले जितिसकेको छ। आगामी सिजन पनि लिभरपुल उपाधि रक्षा गर्ने दाउमा हुनेछ जसको बाटोमा म्यानचेस्टर सिटि, चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटेनहम, आर्सनल जस्ता टिमहरु तगारो बन्नेछन्।

कोभिड-१९ महामारीका कारण यो पटक लिग तिन महिना अबरुद्ध भएको थियो। पुनः लिग सुरु गरिएता पनि दर्शकलाई मैदान प्रवेश गराइएको थिएन।

अर्को सिजनको सुरुवाती खेलहरु पनि बन्द रंगशालामा हुने बताईएको छ। योजना अनुरुप कुराहरु भए अक्टोबर १ पछि सामाजिक दुरि कायम गर्दै दर्शकहरु खेल हेर्न आउन पाउनेछन्।

लिड्स र वेस्ट ब्रुम जस्तो नयाँ टिमलाई आगामी सिजनमा इङ्ग्ल्यान्डको शिर्ष डिभिजन लिगमा प्रतिस्पर्धा गरेको देख्न पाइने छ।

२०७७ श्रावण १०, शनिबार मा प्रकाशित