लगातार नवौं पटक युभेन्टसले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न खेलमा साम्पडोरियालाई २-० गोलले हराउँदै युभेन्टसले लगातार नवौं पटक सिरी ए को उपाधि उचालेको हो ।
घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले १-१ गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा बर्नार्डेस्कीले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर गरे।
७७ औं मिनेटमा थोर्स्बी दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि साम्पडोरिया १० खेलाडीमा सीमित भएको थियो । खेल सकिन एक मिनेट अघि युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो । तर रोनाल्डो गोल गर्न सकेनन् । युभेन्टसलाई लीग उपाधि जित्न तीन अंक आवश्यक थियो । विजेता युभेन्टसले ८३ अंक जोड्यो । दोस्रो स्थानको इन्टर मिलानले ७६ अंक जोडेको छ । साम्पडोरिया ४१ अंक सहित १५ औं स्थानमा रह्यो ।
फोटोहरु हेर्नुस :-








