एफए कप : उपाधिका लागि आज दुई लन्डन क्लब आमने-सामने हुँदै

जारी संस्करणको फुटबल एसोसिएसन च्यालेन्ज कप ( एफए कप ) फाइलमा आज राती आर्सनल र चेल्सी प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार रातिको १० : १५ बजे सुरु हुनेछ । इङ्ग्ल्यान्डको वेम्ब्ली रंगशालामा हुने फाइल खेलमा विजयी टोलिले एफए कपको उपाधी हात पार्ने छ ।

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटिलाई २-० गोल अन्तरले स्तब्ध बनाउदै आर्सनलले फाइलको यात्रा तय गरेको थियो । उक्त खेलम दुबै गोल आर्सनलका कप्तान ओवेमियाङले गरेका थिए । दोस्रो सेमिफाइनलमा चेल्सीले भने आफ्नो प्रतिद्वन्दी म्यान्चेस्टर युनाइटेडमाथी ३-१ को जित दर्ता गर्दै फाइलमा आर्सनलसँगको भेट पक्का गरेको थियो ।

यी दुई लन्डन क्लब अहिलेसम्म २०० पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमा, आर्सनलले ७६ खेलमा जित दर्ता गरेको छ भने चेल्सीले ६५ पटक खेल आफ्नो पोल्टामा पार्न सफल भएको छ । यस्तै, ५९ खेल भने बराबरमा रोकिएको थियो । २०१७ को एफए कप फाइलमा पनि यी दुई लन्डन क्लबबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आर्सनलले चेल्सीमाथी २-१ को उत्कृष्ट जित हासिल गर्दै १३ औं पटक एफए कपको खिताब आफ्नो नाममा गरेको थियो ।

इंग्लिस प्रिमियर लिगमा चेल्सीले चौथो स्थान पक्का गर्दै  च्याम्पियन्स लिगको लागि छनोट भएको थियो । आठौं स्थानमा रहदै प्रिमियर लिगको बिदाई गरेको आर्सनलले  २०२०/२१ को युएफा युरोपा लिगमा समेत छनोट हुन असफल रहेको थियो । इंग्लिस प्रिमियर लिगको शिर्ष ४ मा रहने टोलिले च्याम्पियन्स लिगमा सहभागी जनाउने गर्छन् भने पाचौं र छैटौं स्थानमा रहने टोलिले युरोपा लिगको लागि छनोट हुने प्रावधान रहेको छ । त्यस्तै, एफए कपको उपाधी हात पार्ने टोलि पनि युरोपा लिगको लागि छनोट हुने गर्छन् । त्यसैले पनि आर्सनलले आजको खेलमा जित हात पारे उपाधी मात्र हात नपारी युरोपा लिगको लागि पनि छनोट हुने छ ।

कोविड-१९ को महामारीको कारण आजको फाइनल खेलपनि दर्शकबिहिन रंगशालामा हुँदै छ । फाइल खेलको विजेता टोलिले मैदानमा नै ट्रफी हात पार्ने छ । यस अघिका सिजनमा भने विजेता टोलिले रोएल बक्समा चढेर ट्रफी हात पार्ने गर्थ्यो ।

चेल्सीका पुर्व खेलाडी लाम्पार्ड र आर्सनलका पुर्व खेलाडी अर्टेटाले अहिले आ-आफ्नो टिममा प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका छन् । दुबैको लागि यो सिनियर प्रशिक्षकको रुपले डेब्यु सिजन हो । त्यसैले, दुबै प्रशिक्षक क्लबको लागि आफ्नो  ब्यक्तिगत पहिलो ट्रफी हात पार्न आतुर छन् ।

आर्सनलले अहिलेसम्म कीर्तिमानि १३ पटक एफए कपको उपाधी चुमेको छ भने चेल्सीले ८ पटक एफए कपको उपाधी आफ्नो नाममा गरिसकेको छ । चेल्सीले  पछिल्लो पटक २०१८ मा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै एफए कपको उपाधी हात पारेको थियो ।आर्सनलले भने २०१७ यता एफ कप जित्न सकेको छैन ।

फाइनल खेललाई ‘हेड्स अप’ नाम दिइयो

केही दिनअघि एफए कप फाइलको खेललाई ‘हेड्स अप’ भनेर नाम दिइने घोषणा गरिएको थियो । मानसिक स्वास्थ्य चेतनाको लागि उक्त नाम राखिएको हो ।
“हामी फाइनल खेललाई साच्चिकै रुपले राम्रो र सकारात्मक मानसिक स्वास्थ्यको जनचेतनाको लागि एक माध्यम बनाउने छौँ ।,”एफए कपका अध्यक्ष प्रिन्स विलियमले बताएका हुन् ।

मार्चमा कोरोनाको महामारीको कारण अनुकुल परिस्थिति खडा हुदा प्रतियोगिता पनि तीन महिनाको लागि बन्द भएको थियो ।

२०७७ श्रावण १७, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment