एफए कप : अर्टेटाको आक्रमण अगाडि लाम्पार्डको रक्षापङ्क्ती लड्खडायो, आर्सनललाई एफए कपको उपाधी

शनिबार राती सम्पन्न फाइनल खेलमा आर्सनलले चेल्सीविरुद्ध २-१ को शानदार पुनरागमन जित हासिल गर्दै २०१९/२० संस्करणको एफए कपको उपाधी आफ्नो नाम गरेको छ । इङ्ग्ल्यान्ड स्थित वेम्ब्ले रंगशालामा भएको खेलमा आर्सनलको जितमा दुबै गोल कप्तान औवेमियाङले गरेका थिए । चेल्सीको लागि पुलिसिकले गरेको सुुुरुवाती गोल केवल सान्त्वनामा सिमित बन्यो ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पुलिसिकले ५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । जिरुउडले दिएको चलाखिपुर्ण पासको सदुपयोग गर्दै पुलोसिकले गोल गरेका थिए । योसँगै पुलिसिक एफए कपको फाइनल खेलमा गोल गर्ने पहिलो अमेरिकी खेलाडी बनेका छन् ।

तर, सुरुवाती समयमा पछि परेको आर्सनल खेलमा मजबुत रुपले पेस आयो । चेल्सीका कप्तान एज्पिलिक्युएटाले औवेमियाङलाई पेनाल्टी बक्समा लडाए पछि आर्सनलले पेनाल्टी पाएको थियो । खेललाई बराबर बनाउने सुनौलो अवसरबाट औवेमियाङ चुकेनन् । २८ औं मिनेटको खेलमा औवेमियाङले पेनाल्टी मार्फत गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । चेल्सीका कप्तान एज्पिलिक्युएटा र उत्कृष्ट लयमा रहेका पुलिसिक घाइते हुँदै खेलबाट बाहिरिएपछि चेल्सी समस्यामा पर्यो । त्यसपछि, चेल्सी थप दबाबमा आएको थियो । ६७ औं मिनेटको खेलमा कप्तान औवेमियाङले शानदार गोल गर्दै आर्सनलको जित पक्का गराए । ७३ औं मिनेटको खेलमा चेल्सीका कोबासिज रातो कार्ड बेहोर्दै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित बनेको चेल्सीले खेलमा फर्किन सकेन ।

अर्टेटाको आक्रमण अगाडि लाम्पार्डको रक्षापङ्क्ती लड्खडाउन पुग्दा खेलमा आर्सनलले शानदार पुनरागमन जित दर्ता गर्दै एफए कपको उपाधी कब्जा गर्यो ।
औवेमियाङले सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटिविरुद्ध पनि ब्यक्तिगत २ गोल गरेका थिए । इंग्लिस प्रिमियर लिगको शिर्ष ६ मा रहन नसकेको आर्सनल युएफा युरोपा लिगको लागि पनि छनोट भएको छ ।

आर्सनलले कीर्तिमानि १४ औं पटक एफए कपको उपाधी जित हात पारेको हो । आर्सनलका प्रशिक्षक अर्टेटाको यो सिनियर प्रशिक्षकको रुपले पहिलो उपाधी हो । अर्टेटा खेलाडी र प्रशिक्षक दुबै रुपले एफए कप उपाधी जित्ने प्रथम ब्यक्ति बनेका छन् । चेल्सीले भने पछिल्लो १० एफए कप फाइनलमा तिन हार बेहोर्नु परेको छ । तिनै हार चेल्सीले आर्सनलको हातबाट भोग्नु परेको थियो ।

२०७७ श्रावण १८, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment