‘कोहली भएको भए सबैले चर्चा गर्थे तर उनि बाबर आजम हुन्, सब चुप छन्’ – नासिर हुसेन

इंग्ल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान तथा चर्चित कमेन्टेटर नासिर हुसेनले पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको तारिफ गर्दै पाकिस्तानी भएको कारण उनको चर्चा कम भएको बताएका छन्।

इंग्ल्यान्ड र पाकिस्तान बीच म्यानचेस्टरमा सुरु भएको तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा पाकिस्तानले दिनको समाप्तिमा २ विकेट गुएर १३९ रन बनाएको छ। बाबर आजम ६९ रन बनाएर क्रिजमा छन् जसले १०० बलमा ११ चौका प्रहार गरेका छन्। ४३ रनमा २ विकेट गुमाएको अवस्थामा चौथो नम्बरमा ब्याटिंग गर्न आएका आजमले शान मसुद ( ४६* ) संग ९६ रनको साझेदारी गरिसकेका छन्।

आजमको ६९ रनको इनिंगको बारेमा बोल्दै हुसेनले पाकिस्तानी खेलाडी भएका कारण बाबर आजमको उत्कृस्ट इनिंगलाई धेरैले सराहना नगरेको विचार व्यक्त गरेका हुन्।

बाबर आजम

“अहिले उनि कोहली ( बिराट ) भएको भए सबै उनको चर्चा गरिरहेको हुन्थे तर उनि बाबर आजम हुन्, सबै चुप छन्। २०१८ पछि उनको औशत ६८ छ भने सेतो बल क्रिकेटमा ५५ छ। उनि युवा छन्, उनि शिष्ट छन् र उनिसंग आफ्नै स्वाग छ।”

“उनीहरु उत्कृस्ट ४ ( कोहली, स्टिभ स्मिथ, केन विलियमसन, जोए रुट ) को कुरा गर्छन् तर वास्तवमा यो उत्कृस्ट ५ हो जसमा बाबर पनि अटाउछन्।” हुसेनले स्काई स्पोर्ट्ससंगको कुराकानी दौरान बताए।”

“पाकिस्तान भारतीय क्रिकेटको छायाँमा परिरहेको छ। न आईपीएल खेन पाउछन् नत भारत बिरुद्ध खेल्न। पाकिस्तान घरबाट टाढा खेल्न बाध्य छ, युएईमा जहाँ हेर्ने दर्शक हुँदैन।” हुसेनले थपे।


२५ वर्षीय आजमले पाकिस्तानको लागि २७ टेस्ट खेलीसकेका छन् जुन क्रममा ४६.८ को औशतले १ हजार ९ सय १९ रन बनाएका छन्। उनले ५ शतक र १४ अर्धशतक बनाएका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा ७४ खेलमा ५४.१८ को औशतले ३,३५९ रन बनाएका उनले ११ शतक र १५ अर्धशतक प्रहार गरेका छन्। टि-२० अन्तर्राष्ट्रिय वरियतामा शिर्ष स्थानमा रहेका आजमले ३८ खेलमा १४७१ रन बनाएका छन् जुन क्रममा १३ अर्धशतक प्रहार गरेका छन्।

आजमले २०१५ मा जिम्बाबे बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए भने २०१६ मा वेस्टइन्डिज बिरुद्ध टेस्ट र सोहि वर्ष इंग्ल्यान्ड बिरुद्ध टि-२० मा डेब्यु गरेका थिए।

यो पनि पढ्नुस –

भिभोले आईपीएल प्रायोजन छोड्दा बिसीसीआईलाई करिब २०० करोड घाटा लाग्न सक्ने

५ ठुला खेलाडी जसको लागि आगामी आईपीएल अन्तिम हुनसक्छ

२०७७ श्रावण २२, बिहीबार मा प्रकाशित