फ्लाइट छुटाएका कारण अगस्ट १८ देखि सुरु हुने आठौँ संस्करणको करेबियन सुपर लिग टि-२० ( सिपिएल ) बाट वेस्टइन्डिज क्रिकेटर फाबियन एलेन बाहिरिनु परेको छ।
इएसपीएनक्रिक्इन्फोका अनुसार सिपिएलको यो सिजन सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सको लागि खेल्न लागेका फाबियन ३ अगस्टमा बारबेडोस पुग्नुपर्ने थियो। त्यहाँबाट चार्टर्ड बिमानबाट उनि ट्रिनिडाड एण्ड टोबागो पुग्नुपर्ने थियो। फाबियन एअरपोर्टमा ढिला पुगेका कारण फ्लाइट छुटाउन पुगेका थिए।
“दुर्भाग्यवस फ्लाइट सम्बन्धि केहि बुझाईको समस्याका कारण उनले फ्लाइट भेट्न सकेनन्। हामीले धेरै अरु सम्भावनाहरु बारे पनि कुरा गर्यौ तर कोरोना महामारीको कारण ट्रिनिडाडमा यातायात सम्बन्धि प्रतिबन्धका कारण सोमबारको चार्टर फ्लाइट मात्रै एउटा बिकल्प थियो जसमा उनि जान सक्थे।” एलेनका एजेन्टले इएसपीएनक्रिक्इन्फोलाई बताए।

ट्रिनिडाड एण्ड टोबागोमा जारी लकडाउनको नियमानुसार कोहि पनि देश बाहिर जाने र देश बाहिरबाट आउन पाउदैन त्यसैले चार्टर्ड फ्लाइट मात्र एउटा बिकल्प रहेको थियो। सोहि कारण नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि प्रतियोगिता सुरु हुनु २ साता अघिनै वेस्टइन्डिज पुगेका थिए। हाल सन्दिप क्वारेन्टाइनमा रहेका छन्।
वेस्टइन्डिजको लागि १४ एकदिवसीय र १३ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका एलेनले गत सिजन सिपिएलमा पनि सेन्ट किट्सकै प्रतिनिधित्व गरेका थिए। उनले उक्त संस्करण १२ खेलमा २७.२५ को औशत र १७७ को स्ट्राइक रेटले २२४ रन बनाएका थिए भने बलिंगमा २ विकेट लिएका थिए।
अगस्ट १८ देखि सुरु हुने प्रतियोगिता ट्रिनिडाड एण्ड टोबागोको फरक तिन वटा मैदानमा खेलाइने छ। प्रतियोगितामा कुल ३३ वटा खेल हुनेछन्। फाइनल खेल १० सेप्टेम्बरमा खेलिनेछ।
१६२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
सिपिएल टि-२० मा सहभागी हुनको लागि ट्रिनिडाड एण्ड टोबागोको यात्रा गर्ने १६२ जना खेलाडी, सहयोगी स्टाफ र म्याच अफिसियलहरुको कोरोना जांच गरिसकिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको बताईएको छ।
सिपिएलले जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार सुरक्षाको कडा प्रोटोकलका कारण तिन खेलाडी र एक प्रशिक्षकलाइ यात्रा गर्न रोक लगाइएको छ। जमैकामा बसेका एक जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ पाईएको जसपछि उनिसंग अभ्यास गरेका अन्य दुइ जनालाई पनि प्रतिबन्ध लगाइएको बताईएको छ। अस्ट्रेलियामा बसेका एक प्रशिक्षकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनि पनि यात्रा गर्न सक्नेछैनन्।
१६२ जनालाई अब अधिकारिक होटलमा १४ दिनको सेल्फ आइसोलेसनमा राखिनेछ जहाँ उनीहरुको नियमित जांच हुनेछ।
बिज्ञप्तिका अनुसार यदी कुनै पनि सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आएमा उनलाई होटलबाट हटायर ट्रिनिडाड एण्ड टोबागोको प्रोटोकल अनुसार सेल्फ आइसोलेसनमा राखिनेछ। अहिलेसम्म ट्रिनिडाड एण्ड टोबागो पुगेका कुनै पनि सदस्यको रिपोर्ट पोजेटिभ नआएको बताईएको छ।
“हाम्रो प्राथमिकता सिपिएलमा सामेल हुने सबै सदस्यहरुको स्वास्थ्य र उनीहरुको सुरक्षा हो” सिपिएलका परिचालन निर्देशक माइकल हलले बताएका छन्।
सन्दिप लामिछानेको कहिले छ खेल
नेपाली लेग स्पिनर सन्दीप सीपीएलमा यो पटक जमैका तल्लावाहजबाट खेल्नेछन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। जमैकाको पहिलो खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग हुनेछ।
सन्दिपको जमैकाको सिपिएलमा खेल तालिका :-
अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स
अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स
अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस
सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस
सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स
सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि सन्दिपको टिम बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।
सिपिएल टि-२० – कुन टिममा को-को छन् खेलाडीहरु :-
St Lucia Zouks : Roston Chase, Mohammad Nabi, Daren Sammy, Andre Fletcher, Najibullah Zadran, Kesrick Williams, Scott Kuggeleijn, Chemar Holder, Obed McCoy, Rahkeem Cornwall, Mark Deyal, Zahir Khan, Kimani Melius, Leniko Boucher, Kavem Hodge, Javelle Glen, Saad Bin Zafar
Guyana Amazon Warriors : Imran Tahir, Nicholas Pooran, Brandon King, Ross Taylor, Shimron Hetmyer, Chris Green, Kissoondath Magram, Keemo Paul, Sherfane Rutherford, Romario Shepherd, Naveen Ul Haq, Chandrapaul Hemraj, Kevin Sinclair, Ashmeade Nedd, Odean Smith, Anthony Bramble, Jasdeep Singh
Barbados Tridents : Rashid Khan, Jason Holder, Corey Anderson, Shamarh Brooks, Mitchell Santner, Johnson Charles, Shai Hope, Hayden Walsh Jr, Ashley Nurse, Jonathan Carter, Raymon Reifer, Kyle Mayers, Joshua Bishop, Nyeem Young, Justin Greaves, Keon Harding, Shayan Jahangir
St Kitts & Nevis Patriots : Chris Lynn, Ben Dunk, Evin Lewis, Nick Kelly, Sohail Tanvir, Ish Sodhi, Sheldon Cottrell, Denesh Ramdin, Rayad Emrit, Imran Khan, Alzarri Joseph, Joshua de Silva, Dominic Drakes, Colin Archibald, Jon Russ Jaggesar, Jahmar Hamilton
Jamaica Tallawahs : Andre Russell, Sandeep Lamichhane, Carlos Brathwaite, Rovman Powell, Glenn Phillips, Chadwick Walton, Oshane Thomas, Asif Ali, Fidel Edwards, Preston McSween, Jermaine Blackwood, Nicholas Kirton, Ramaal Lewis, Nkrumah Bonner, Veerasammy Permaul, Ryan Persaud
Trinbago Knight Riders : Dwayne Bravo, Kieron Pollard, Sunil Narine, Colin Munro, Fawad Ahmed, Darren Bravo, Lendl Simmons, Khary Pierre, Tim Seifert, Sikandar Raza, Anderson Phillip, Pravin Tambe, Jayden Seales, Amir Jangoo, Tion Webster, Akeal Hosein, Muhammad Ali Khan
