रोमान्चक टेस्टमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तिन टेस्ट म्याचको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।
ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा चौथो दिनमा सम्पन्न टेस्टमा पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इंग्ल्यान्डले ७ विकेट गुमाएर पछ्याएको हो। पाकिस्तानले आफ्नो घरेलु मैदान बाहिर लगातार सातौँ खेलमा हार बेहोरेको छ।
टेस्टमा इंग्ल्यान्डले पछ्याएको यो १० औं र घरेलु मैदानमा छैठौं ठुलो लक्ष्य हो। २७५ रन भन्दा माथिको लक्ष्य इंग्ल्यान्डले टेस्ट इतिहासमा १६४ पटक पछ्याएको छ जसमा १० वटामा जित हाँसिल गरेको छ भने १०३ वटामा हार र ५१ टेस्ट बराबरीमा सकिएको छ। ओल्ड ट्राफर्ड मैदानमा इंग्ल्यान्डले ११ औं टेस्ट खेल्दा जितेको यो दोश्रो खेल हो। यस मैदानमा इंग्ल्यान्डले ७ वटा खेलमा हार र २ वटा बराबरी नतिजा बेहोरेको छ।
बटलर र वोक्सको उत्कृस्ट साझेदारी
निकै मुस्किल देखिएको लक्ष्य पछ्याउन इंग्ल्यान्डको विकेटकिपर ब्याट्सम्यान जोस बटलर र क्रिस वोक्सले उत्कृस्ट ब्याटिंग गरे।
एक समय ११७ रनमा ५ विकेट गुमाईसकेको इंग्ल्यान्डलाई जित असम्भव जसो देखिएको थियो। इंग्ल्यान्डले १० रन बनाएका ओपनर रोरी बर्नलाई चाडै गुमाउन पुग्यो। दोश्रो विकेटको लागि डोमिनिक सिबलेले कप्तान जोए रुटसंग ६४ रनको साझेदारी गरे। सिबले ३६ रन बनाएरआउट भए पछि इंग्ल्यान्डले लगातार विकेट गुमायो। ४२ रन बनाएका रुटलाई नसिम शाहले क्याच आउट गराए। त्यसपछि बेन स्टोक्स ९ रन तथा ओली पोप ७ रन बनाएर यासिर शाह र शाहिन अफ्रिदीको शिकार भए।
त्यो अवस्थामा छैठौं विकेटको लागि बटलर र वोक्सले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको जितको आशा जगाएका थिए।

७५ रन बनाएर यासिर शाहबाट एलबिडब्लु आउट हुनु अघि बटलरले वोक्ससंग १३९ रनको साझेदारी गरे। उनले १०१ लमा ७ चौका र १ छक्का प्रहार गरे। बटलर आउट हुँदा इंग्ल्यान्डलाई जित्न मत्र २१ रन आवस्यक रहेको थियो।
त्यसपछि पनि क्रिस वोक्सले एक किनार सम्हालीरहे र सातौँ विकेटको लागि स्टुवार्ट ब्रडसंग १७ रनको साझेदारी गरे। जित्न ४ रन बाँकी रहंदा ७ रन बनाएका ब्रडलाई यासिर शाहले एलबिडब्लु आउट गरे। ८३ औं ओभरको पहिलो बलमा शाहिन अफ्रिदीलाई चौका प्रहार गर्दै इंग्ल्यान्डलाई खेल जिताए।
प्लेयर अफ द म्याच समेत चुनिएका वोक्सले अविजित ८४ रन बनाए। उनले १२० बलमा १० चौका प्रहार गरे।
पाकिस्तानको बलिंगमा लेग स्पिनर यासिर शाहले ४ विकेट लिए। उनले ३० ओभर बलिंग गर्दै ९९ रन खर्चिए।
टेस्ट हाइलाइट :
टेस्टमा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ३२६ रन बनाएको थियो। इंग्ल्यान्डले पहिलो इनिंगमा २१९ रन मात्र बनाएको थियो। पाकिस्तानले दोश्रो इनिंगमा १६९ रन बनाएपछि इंग्ल्यान्डले २७७ रनको लक्ष्य पाएको थियो।
पाकिस्तान पहिलो इनिंग : ३२६ ( शान मसुद – १५६, ब्रड – ३/५४, आर्चर – ३/५९ ) ,
इंग्ल्यान्ड पहिलो इनिंग : २१९ ( ओली पोप – ६२ , यासिर शाह – ४/६६ ) ,
पाकिस्तान दोश्रो इनिंग : १६९ ( यासिर शाह – ३३ , ब्रड – ३/३७ ) ,
इंग्ल्यान्ड दोश्रो इनिंग : २७७/७ ( क्रिस वोक्स – ८४*, जोस बटलर – ७५ , यासिर शाह – ४/९९ )
सन् १९९६ पछि पाकिस्तानले इंग्ल्यान्डमा टेस्ट सिरिज जित्न सकेको छैन।
सिरिज अन्तर्गत दोश्रो टेस्ट अगस्ट १३ बाट सुरु हुनेछ। यस्तै तेश्रो टेस्ट २१ अगस्टमा खेलिनेछ। आगामी दुवै टेस्ट रोज बल, साउथह्याम्पटनमा खेलिनेछ।
धेरैले पढेको :-
