राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षणको लागि स्वाब संकलन सकियो

कतारमा हुने आगामी विश्वकपको तयारीको लागि बन्दप्रशिक्षणमा बोलाइएको खेलाडी, अफिसियल, होस्टल लगायत किचन स्टाफको पिसिआर टेस्टको लागि स्वाब संकलन गरेर आज सकिएको छ ।

लगनखेल स्थित पाटन अस्पतालमा दुई दिन लगाएर पूरा गरिएको स्वाब संकलन प्रक्रियामा पहिलो दिन (सोमबार) ११ खेलाडीसहित २५ जनाको र दोस्रो दिन (मंगलबार) २३ खेलाडीसहित ६ अफिसियलको स्वाब संकलन गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अनुसार हिजो गरिएको कोरोना प्रशिक्षणको नतिजा भोलि र आज भएको प्रशिक्षणको नतिजा बिहिवार सार्वजनिक गरिनेछ । सबै खेलाडीको कोभिड-१९ प्रशिक्षणको नतिजा आएपछि बन्दप्रशिक्षणको लागि एन्फा होस्टलमा राखिने छ । राष्ट्रिय पुरुष टोलिको प्रशिक्षण अगष्ट १७ बाट गरिनेछ ।

नेपालले घरेलु मैदान (दशरथ रंगशाला)मा २०२२ को विश्वकप छनोट अन्तर्गतका खेलहरुमा चाइनिज ताइपइविरुद्ध अक्टोबर ८, अष्ट्रेलियाविरुद्ध अक्टोबर १३ र जोर्डानविरुद्ध नोभेम्बर १२ मा प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित हात पारेको थियो ।

कोभिड-१९ प्रशिक्षण गरिएका खेलाडी र अफिसियलहरु :

खेलाडीहरु
Ranjit Dhimal, Mikchhen Tamang, Bishal Rai, Ravi Shankar Paswan, Darshan Gurung, Bimal Rana, Dip Karki, Dilen Loptang, Chhiring Gurung, Devendra Tamang, Pujan Uparkoti, Tej Tamang, Bikesh Kuthu, Aashis Lama, Ajit Bhandari, Arik Bista, Sesehang Angdembe, Bikram Lama, Amit Tamang, Suman Aryal, Bharat Khawas, Saroj Dahal, Abisekh Rijal, Suvash Gurung, Ananta Tamang, Sunil Bal, Anjan Bista, Nawayug Shrestha, Bishal Shrestha, Rohit Chand, Kiran Chemjong, Bikash Khawash, George Prince Karki, Sujal Shrestha.

अफिसियल
Madhu Sudan Upadhyaya (Team Manager), Krishna Bhakta Manandhar, Kiran Shrestha (Coach), Bikash Malla (GK Coach), Raju Dangol (Doctor), Aviskar Pudasaini (Physio), Bibek Subedi (Media), Yujal Shrestha (Media)

होस्टल स्टाफ
6 Kitchen staff, 2 Cleanliness staff, and 4 Helpers.

२०७७ श्रावण २७, मंगलवार मा प्रकाशित