सागमा पदक जितेका तिन पाकिस्तानी खेलाडीको पदक खोसियो

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो ।

पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् ।

नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्पतीममा उल्लेख गरिएको छ ।

खेल लगत्तै उनीहरुबाट संकलन गरिएको स्याम्पल कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षणमा पठाईएको थियो ।

१३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो । आगामी संस्करणको आयोजक पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो । पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसियो

२०७७ श्रावण २८, बुधबार मा प्रकाशित