क्रिकेटरहरुको १९ महिना देखि रोकिएको तलब दिने प्रक्रिया सुरु

नेपाल क्रिकेट संघ ( क्यान ) ले लामो समय देखि रोकिएको राष्ट्रिय क्रिकेटरहरुको तलब दिने प्रक्रिया अघि बढाएको छ।

क्यानले तलवका लागि विभिन्न श्रेणीमा रहेका खेलाडीलाई आफ्नो नाममा हस्ताक्षर गराउन बोलाएको हो । सबै खेलाडीला बिहिबार हस्ताक्षरको लागि क्यानको सिटी अफिस नक्सालमा बोलाएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी ) ले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेलसँग केहि दिन अघि भएको छलफलमा खेलाडीको तलव लगायतका विषयमा केहि डकुमेन्ट आवश्यक रहेको बताउदै डकुमेन्ट पठाउन भनेको थियो। त्यसका लागि आईसीसीले इमेलमा आवश्यक जानकारी दिएको थियो । त्यहि आधारमा क्यानले २०१९ मा तीन श्रेणीमा रहेका खेलाडीलाई हस्ताक्षरका लागि बोलाएको हो। आईसीसीले २०१९ पछि खेलाडीहरुको प्रदर्शन मुल्यांकन वर्गीकरण गर्दै तलब दिनेछ।

International Cricket Council , Cricket Association of Nepal
अन्तिम पटक
राष्ट्रिय क्रिकेटरहरुले २०१९ फेब्रुअरीमा तलब पाएका थिए

खेलाडीको हस्ताक्षर सहितको सूची आईसीसीलाई पठाएपछि यसै महिना खेलाडीहरुले तलब पाउने सम्भावना रहेको छ। उक्त तलब वितरण पछि क्यानले खेलाडीको नयाँ बर्गिकरणको सूची पठाउनेछ।

२०१८ डिसेम्बर देखि रोकिएको छ तलब 

नेपाली राष्ट्रिय खेलाडीले २०१९ मा आईसीसीबाट आउने तलव अझै पाएका छैनन् । अन्तिम पटक २०१८ डिसेम्बरसम्मको तलब राष्ट्रिय क्रिकेटरहरुले पाएका थिए। आईसीसीले नेपाल क्रिकेट संघ प्रतिवन्ध भएपछि यसरीनै लामो अन्तरालमा तलब पठाउदै आएको छ।

अन्तिम पटक २०१९ फेब्रुअरीमा क्रिकेटरहरुले तलब बुझेका थिए। त्यसबेला पनि आईसीसीले २ वर्षको तलब एकमुस्ट दिएको थियो। आईसीसीले त्यसबेला राष्ट्रिय खेलकुद परिषदको खातामा एकमुस्ट १ करोड २७ लाख ८७ हजार रुपैयाँ जम्मा गरेपछि राखेपले तलब बाँडेको थियो। त्यस अघि २०१७ जुलाईमा राष्ट्रिय क्रिकेटरहरुले तलब बुझेका थिए।

यता क्यानले खेलाडीको नयाँ बर्गिकरणको काम लगभग पुरा गरेको र क्यानको बोर्ड बैठकबाट पारित गर्नेछ । खेलाडीहरुले २०१९ पछि गरेको प्रदर्शनको आधारमा वर्गीकरण गरिनेछ। महिला क्रिकेटरहरुलाई पनि वर्गीकरण  क्यानको बोर्ड बैठकपनि भदौमा हुने भनिएपनि कोरोनाका कारण अनिश्चित रहेको छ।

क्यानले खेलाडीहरुको प्रदर्शनको आधारमा नयाँ वर्गीकरण गर्नेछ

क्यानले गत वर्ष माघमा कोषाध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा ग्रेड निर्धारण गर्ने कमिटि गठन गरेको थियो जसमा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितबिर पाण्डे रहेका थिए। कमिटिले २४ जना पुरुष तथा १८ जना महिला राष्ट्रिय क्रिकेटरहरुलाई ‘ए’ ‘बि’ र ‘सी’ ग्रेडमा वर्गीकरण गर्नेछ। तथापी खेलाडीहरुको संख्यामा भने फेरबदल हुनसक्ने छ।

यस अघि २०१९ मा तलब दिंदा पुरुष क्रिकेटरका लागि तीन श्रेणीमा वर्गिकरण गरेर सम्झौता गरिएको थियो । जसमा ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ थियो । यो पटक खेलाडीहरुलाई प्रत्येक ग्रेडमा १० हजार रुपैयाँ बढी दिन क्यानले आईसीसीसमक्ष अनुरोध गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक मार्चमा थाइल्याण्डमा एसीसी टि-२० ( इस्टर्न रिजन ) प्रतियोगिता खेलेको थियो। कोभिड-१९ का कारण नेपालले यो वर्ष खेल्ने विश्वकप लिग-२ को खेलहरु स्थगित भैसकेको छ। अब राष्ट्रिय टिमले २०२१ मा मात्र लिगको खेलहरु खेल्नेछ

२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

आईपीएल २०२० : कुन टिममा को-को खेलाडी छन्

शोयब अख्तरको दावी, यस कारण बुम्राहको क्रिकेट करियर धेरै लामो चल्ने छैन

युजभेन्द्र चाहलले सार्वजनिक गरे आफ्नो जीवनसाथी

दुवै मृगौला खराब भएका क्रिकेटर कुन्दन सिंहलाई कोरोना संक्रमण पनि देखियो

आईपीएल टाइटल प्रायोजनमा रामदेवको पतंजलीको चासो

सिपिएल टि-२० : कुन टिममा को-को छन् खेलाडीहरु

२०७७ श्रावण २९, बिहीबार मा प्रकाशित