युईएफ च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलमा आज स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्दा गर्दै छन् । खेल नेपाली समय अनुसार बेलुकीको १२:४५ बाट पोर्चुगलको राजधानी लिस्बनमा हुदैछ।
बार्सिलोनाको क्वाटरफाइनलसम्मको यात्रा
स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब डर्टमण्ड, इटालियन क्लब इन्टर मिलानो र चेक रिपब्लिकन क्लब स्लाभिया प्रहा टोलीहरु सम्मिलित ग्रुप ‘एफ’ मा रहेको थियो। ग्रुप स्टेजमा अपराजित रहेको बार्सिलोनाले ६ खेलमा ४ जित र २ बराबरीसहित १४ अंक आत्मसाथ गर्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। शिर्ष स्थानमा रहेको बार्सिलोनासँग डर्टमण्ड र स्लाभियाले एक-एक खेलमा अंक खोस्न सफल भएका थिए। अन्तिम १६ को खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब नापोलिलाई समग्रमा ४-२ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। बार्सिलोनाले ८ खेलमा १३ गोल गरिसकेको छ भने गोलरक्षक टर स्टेगनले २ क्लिन सिट राख्न सफल भएका छन्।
बार्यन म्युनिखको क्वाटरफाइनलसम्मको यात्रा
बार्यन म्युनिख इंग्लिस क्लब टोटनहम, ग्रिस क्लब ओलिम्पियाकोस र सर्बियन क्लब सिर्वैना जर्वेण्डा टोलीहरु सम्मिलित ग्रुप ‘बि’ मा रहेको थियो। अपराजित बार्यनले ६ खेलमा ६ जित हासिल गर्दै १८ अंक हात पारेको थियो। बार्यनले आफ्नो ग्रुपको शिर्ष स्थानमा रहदै अन्तिम १६ मा प्रवेश गरेको हो। प्रि-क्वाटरफाइनल खेलमा जर्मन क्लब बार्यनले इंग्लिस क्लब चेल्सीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा बार्सिलोनासँगको भेट पक्का गरेको थियो। सबै खेलमा एकतर्फी जित हात पारेको बार्यनले आफ्नो ८ खेलमा ३१ गोल गरिसकेको छ।
कुन टोलि बलियो ?
बार्यन म्युनिख हालै शानदार लयमा छ। रोबर्ट लेवान्डोस्कीले सम्हालेको बार्यनको आक्रमकलाई रोक्न बार्सिलोनालाई निकै चुनौतिपूर्ण कार्य हुनेछ। च्यम्पिन्स लिगमा १३ गोल गरिसकेका लेवान्डोसकी सर्वाधिक गोलकर्ताको सुचीमा पहिलो स्थानमा छन्। बुन्डेस्लिगाको उपाधि हात पारेको बार्यन राम्रो लयमा रहेको कारण बार्साभन्दा बलियो देखिन्छ।
यता, बार्सिलोनाले भने अन्तिम समयमा आएर लय गुमाउदा ला लिगामा दोस्रो स्थानमा नै चित्त बुझाउनु परेको थियो। च्याम्पियन्स लिगको नकआउट चरणमा बार्साको पछिल्ला नतिजाहरु राम्रो रहेका छैनन् । त्यसैले पनि पछिल्ला नतिजाहरुलाई भुल्न र ला लिगा उपाधी हात पार्न नसकेको पिडामा मलम लगाउन बार्सा आजको खेल जितेर च्याम्पियन्स लिग जित्न आतुर छ । बार्यनलाई बार्सिलोनाले सहज हुन दिनेछैन । लियोलेन मेस्सी प्ररित बार्सिलोनाले बार्यनलाई स्तब्ध बनाउने होडमा रहने छ ।
पछिल्ला नतिजाहरु
यि दुई टोली हालसम्म ६ पटक आमने–सामने हुदा बायर्नले ४ खेल आफ्नो पक्षमा पारेको छ । दुई खेल बार्सिलोनाले जितेको छ । च्याम्पियन्स लिगमा यी दुई टोलिका पछिल्ला खेल र नतिजाहरु :-
बायर्नविरुद्ध बार्सिलोना (३–२) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१५)
बार्सिलोनाविरुद्ध बायर्न (३–०) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१५)
बार्सिलोनाविरुद्ध बायर्न (०–३) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१३)
बायर्नविरुद्ध बार्सिलोना (४–०) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१३)
यी दुई टोलिले अहिलेसम्म समान ५-५ पटक च्याम्पियन्स लिगको उपाधी जितेका छन् । बार्यन र बार्साबिचको विजेता टोलिले सेमिफाइनलमा सिटि र लियोनबिचको विजेतासँग सेमिफाइनल प्रवेश गर्नको लागि प्रतिस्पर्धा गर्ने छ ।
दुबै टोलिमा अदभूत खेलाडी उपस्थित भएका कारण खेल निकै रोमाञ्चक र उत्साहित रहने अनुमान गर्न सकिन्छ । दुबै टोलि जित हात पार्दै सेमिफाइनलमा प्रवेश गर्ने उदेश्यले मैदानमा उत्रिने छन् ।
