पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फुटबलको वर्तमान सर्वश्रेष्ठ खेलाडि हुन् भन्नेमा कसैको दुइमत छैन। १५ वर्षसम्म फुटबलमा दबदबा जमाएका यी दुई खेलाडि एकै टिमबाट खेलेको हेर्न पाउनु खेलप्रेमीको लागि सपना जस्तै हुनेछ। मेस्सी र रोनाल्डोले एकअर्कासंग सहकार्य गर्दै गोल गरेको हेर्न कुन फुटबल प्रेमीको चाहना नहोला र ?
युभेन्टसका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोना पठाउने प्रस्तावको खबरले विश्वभर फुटबल फ्यानमा तरंग फैलिएको छ। समर्थकहरुले दुई महान खेलाडीलाई एउटै जर्सी लगाएर मैदानमा उत्रिएको कल्पना गर्न थालीसकेका छन्। बार्सिलोनाले युभेन्टसको उक्त प्रस्ताव स्वीकार गरेको खण्डमा रोनाल्डो बार्सिलोनामा अनुबन्धित हुने निश्चित छ ।
रोनाल्डोलाई बल पास गर्नु हुन्छ भन्ने प्रश्नमा मेस्सीको जवाफ
३३ वर्षीय बार्सिलोनाका कप्तान मेस्सीलाई रोनाल्डो टिममा आएको खण्डमा पास गर्नुहुछ कि हुदैन भनेर एक स्प्यानिस पत्रिका मुण्डोले सोधेको थियो। प्रश्नको जवाफमा सर्वाधिक ६ बालोन डी’ओर उपाधि जितेका मेस्सीले बताए – “मलाई लाग्छ म गर्छु”।
आधुनिक फुटबलमा राज गरेका यी दुई खेलाडि बीच को उत्कृष्ट भनेर सधैँ प्रश्न सिर्जना हुन्छ। समर्थक बिचमा विवाद पनि उत्तिकै हुने गर्दछ।
यसअघि पनि मेस्सिले रोनाल्डोको प्रसंशा गर्दै उनलाई ‘प्रेडेट्रि स्ट्राइकर’ अर्थात् ‘आक्रामक स्ट्राइकर’ बताएका थिए। “रोनाल्डोको लागि गोल गर्नु कुनै ठुलो कुरा होइन। उनि गोल गर्न रुचाउछन् र जस्तो सुकै परिस्थितिमा पनि गोल गर्न सक्छन्।” मेस्सीले बताएका थिए।

५ पटक बालोन डी’ओर जितेका रोनाल्डोले पनि मेस्सीसँग डिनर गर्ने चाहना रहेको बताएका थिए। “हामीले १५ वर्ष फुटबलमा राज गरेका छौ। मलाई थाहाछैन अहिलेसम्म अरु दुई जनाले यसरि फुटबल स्टेजमा राज गरेका छन् या छैनन्। स्पेनमा हामि दुई बीच भिडन्त हुने गर्थ्यो। मैले उसलाई धकेल्थे र उसले मलाई। यी सबै कुरा फुटबलको इतिहासमा दर्ज हुँदा खुसि लाग्छ।”रोनाल्डोले अगष्टमा भएको च्याम्पियन्स लिग ड्र अगाडी बताएका थिए।
युभेन्टसले रोनाल्डोलाई किन टिममा राख्न चाहेन ?
स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी रोनाल्डोले युभेन्टसमा वार्षिक २८ मिलियन पाउन्ड तलब बुझ्ने गर्छन्। आर्थिक समस्याको चपेटामा परेको युभेन्टसले रोनाल्डोको मोटो तलब कटाउनको लागि उनलाई बेच्न चाहेको हो।
सिरि ‘ए’ को उपाधि आफ्नो नाम गरेको युभेन्टसले युईएफए च्याम्पियन्स लिगमा हालसम्म सफलता हात पार्न सकेको छैन। युभेन्टसले च्याम्पियन्स लिगको सर्वाधिक सफल खेलाडि रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने सपना बोकेर अनुबन्धित गरेको थियो। तर, युभेन्टसबाट च्याम्पियन्स लिगको दुई सिजन खेलिसकेका रोनाल्डोले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेपनि टिमले भने क्वाटरफाइनल माथिको यात्रा गर्न सकेन।
रोनाल्डोको युभेन्टससँगको सम्झौता २०२२ मा समाप्त हुदैछ। केहि दिन अगाडि प्राशिक्षक माउरिजियो सार्रिलाई बर्खास्त गरेर इटालियन च्याम्पियनले आफ्नो पुर्व स्टार खेलाडि आन्द्रे पिर्लोलाई प्रशिक्षकमा भित्र्याएको थियो। उनले टिमलाई नयाँ स्वरूप दिने कुरा बताएका छन्।
युभेन्टसले पाउलो डिबाला र क्रिस्टियानो रोनाल्डो मध्य एक जनालाई मात्र टिममा राख्ने कुरा पिर्लोले क्लबसँग बसेको बैठकले निष्कर्ष निकालेको हो। रोनाल्डोलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजि) ले पनि चासो देखाएको छ। यद्यपि, रोनाल्डो बार्सिलोना जाने झिनो सम्भावना मात्र रहेको बताईएको छ।
३७ वर्षे रोनाल्डो २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका थिए। रोनाल्डो रहेको दुबै वर्ष युभेन्टस सिरी ‘ए’ को च्याम्पियन बनेको छ। उनले इटालियन लिगमा पनि आफुलाई सावित गरिसकेका छन्। उनले जारी सिजन युभेन्टसका लागि कुल ५० गोल गरिसकेका छन्। उनले २०१९/२० को सिजनमा युभेन्टसको लागि ‘प्लेयर अफ दि इयर’ घोषित भएका थिए। उनकै सहकर्मी डिबालाले २०१९/२० सिरिए ‘ए’ को उत्कृष्ट खेलाडी घोषित भएका थिए।
