म्यानेस्टर सिटीलाई स्तब्ध पार्दै लियोन च्याम्पियन्स लिगको सेमिफानलमा

गए राति सम्पन्न खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउदै फ्रान्सेली क्लब लियोन युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोर्चुगल स्थित लिस्बोनमा भएको खेलमा लियोनले सिटिविरुद्ध ३-१ को अप्रत्यासित जित दर्ता गरेको हो। लियोनको जितमा म्याक्सवेल कर्नेटले १ तथा परिवर्तन भएर मैदानमा उत्रिएका मौसा डेम्बेलेले २ गोल गरे। सिटिका लागि केविन दे ब्रुएनले एक गोल फर्काएका थिए।

१९९६ पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा कुनै पनि इंग्लिस क्लब र स्पेनिस क्लब छनोट नभएको यो पहिलो पटक हो। २०१२/१३ को सिजन पछि पहिलो पटक सेमिफाइनलमा मात्र दुइ देशको टिम सेमीफाइनल पुगेका छन्। फ्रान्सेली टोलि पेरिस सेन्ट जर्मेन लियोन तथा जर्मन क्लब बार्यन म्युनिख र आरबी लाइप्जिग सेमीफाइनल प्रवेश गरेका हुन्।

लियोनले बायर्नसँग विहिबार तथा लाइपजिग र पिएसजीबीच मंगलबार सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

खेल सुरु भएको ३ मिनेटमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता हात पार्ने सुनौलो अवसरबाट चुकेको थियो। जाओ क्यान्सेलोले देब्रे विंगबाट रहिम स्ट्र्लिङललाई दिएको थ्रु पासमा उनले गोलरक्षक लोपेजलाई बिट गर्दै जिसुसलाई मिलाएको बलमा मार्सालले शानदार इन्टरसेप्सन गर्दै खतरा टारेका थिए। अनामार्क रहेका जेसुस खालि पोस्ट अगाडि रहेका थिए।

२४ औं मिनेटको खेलमा कर्नेटले उत्कृष्ट गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाएका थिए। टोको एकाम्बीको काउन्टर आक्रमणलाई सिटिका डिफेन्डर एरिक गार्सियाले ट्याकल गर्दै विफल पारेका थिए। तर, सिटिका गोलरक्षक एडर्सन गोल पोजिसनमा नरहेको फाइदा उठाउदै म्याक्स्वेल पेनाल्टि क्षेत्र बाहिरबाट फस्ट टच प्रहार गरेको बल गोल भएको थियो।

३८ औं मिनेटको खेलमा डेनाएरले स्ट्र्लिङलाई देब्रे विंगमा लडाएपछि सिटीले फ्रिकिक पाएको थियो। ब्रुएनले गरेको फ्रिकिकलाई लोपेजले पन्च गर्दै विफल पारिदिएका थिए। खेलमा पकड बनाए पनि सिटीले पहिलो हाफमा बराबरी गोल भेटाउन सकेन।

एक गोलले पछाडीएको सिटीले दोस्रो हाफमा राम्रो सुरुवात गर्यो। थुप्रै आक्रमक बुनेको सिटीले अन्तत: ब्रुएनले बराबरी गोल फर्काएका थिए। ५९ औ मिनेटको खेलमा स्ट्र्लिङले कटब्याक गरेर अनमार्क रहेका ब्रुएनलाई गरेको पासमा उनले बललाई शानदार ढंगले पोस्टको दिशा देखाएका थिए।

३ जना मात्र रहेको सिटिको डिफेन्स अन्तिम समयमा भट्किए पछि परिवर्तन भएर मैदानमा आएका डेम्बेलेले फ्रान्सेली क्लबलाई जित ७९ औ मिनेटको खेलमा वान भर्सेस वानको अवस्थामा डेम्बेलेले गोल गर्दै लियोनलाई पुन: अग्रता दिलाएका थिए। ८६ औ मिनेटको खेलमा स्ट्र्लिङले खालि पोस्टमा गोल गर्न असफल भएपछि सिटीले खेलमा फर्किने अवसरबाट चुकेको थियो। ८ मिनेट पछि डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै

च्याम्पियन्स लिगको सेमिफानलमा लियोनको स्थान सुरक्षित गराएका थिए। एडर्सनले फ़ुत्काएको बलमा पेनाल्टि बक्स भित्र खालि रहेका डेम्बेलेले सहज गोल गर्दै लियोनलाइ ३-१ गोलअन्तरको जित दिलाएका थिए।

डेम्बेले फेरीपनि सिटिमाथि घातक सावित

मौसा डेम्बेलेले च्याम्पियन्स लिगमा अहिलेसम्म ७ गोल गरिसकेका छन्। त्यीमध्य, ४ गोल उनले सिटिविरुद्ध गरेका छन्। यसअघि लियोनेल मेस्सीले पनि च्याम्पियन्स लिगमा सिटिविरुद्ध ४ गोल गरेका छन्।

सिटीका प्रशिक्षक पेप सिटिसँग कार्यरत तिनै वर्षमा च्याम्पियन्स लिगबाट क्वाटरफाइनल बाटै बाहिरिएको छ। यद्धपि उनले इंग्लिस प्रिमियर लिगमा सफलता हात पारेका छन्। सिटिको च्याम्पियन्स लिग जित्ने सपना लियोनको हातबाट चकनाचुर भएको छ। लियोनका प्रशिक्षक रुडी ग्रासिया  २००९/१० सिजन यता फ्रान्सेली क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउने पहिलो फ्रान्सेली प्रशिक्षक बनेका छन्।

लियोनले सेमिफाइनलमा जर्मन क्लब बार्यन म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ। बार्यनले स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

२०७७ श्रावण ३२, आईतवार मा प्रकाशित