सुदुरपश्चिम प्रदेश तेक्वोन्दो संघको अध्यक्षमा सुबास शाही

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको पुनर्गठित तदर्थ समितिका पदाधिकारीले सपथ ग्रहण गरेका छन्। शनिबार सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ तदर्थसमितिका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा धनगढीमा आयोजना भएको कार्यक्रममा धनगढी उप –महानगरपालिकाका खेलकुद संयोजक वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमम उनीहरुको पदस्थापन समेत भएको थियो। समितिको अध्यक्षमा सुवाश शाही रहेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिमा शाह, सरोज चौधरी र उत्तमप्रसाद भट्ट रहेका छन्।

यस्तै महासचिवमा पदमबहादुर सिह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर, सचिबमा श्रीराम चौधरी रहेका छन्। त्यस्तै सदस्यहरुमा जेपी चन्द, सुबास पडाल, रमेश कुमाल , लोग बहादुर बुढा, कमल कार्की, धन्नन्जय रिमाल, दिल देउबा, कमल पनेरु र महेश खत्री रहेका छन्।

२०७७ श्रावण ३२, आईतवार मा प्रकाशित