च्याम्पियन्स लिग: पहिलो सेमिफाइनलमा पिएसजी र लाइप्जिग भिड्दै

युईएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण आजबाट सुरु हुदैँछ। पहिलो सेमिफाइनल अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मन क्लब आरबी लाइप्जिग प्रतिस्पर्धा गर्दै छन्। खेल नेपाली समय अनुसार रातिको १२:४५ बाट सुरु हुनेछ।

दुबै टोलीले हालसम्म लिगको फाइनल यात्रा तय गर्न सकेका छैनन्। ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्ने लक्ष सहित दुई टिम मैदानमा उत्रिने छन्।

क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टामाथि २-१ को उत्कृष्ट पुनरागमन जित आत्मसाथ गर्दै पिएसजीले सेमिफाइनलको यात्रा तय गरेको थियो। एक गोलले पछाडि परेको फ्रान्सेली क्लबको जित सुनिश्चित गर्न मार्क्विनहोसले निर्धारित समयको ९० औँ मिनेटमा तथा एरिक माक्सिम चौपो-मोटिङले अतिरिक्त समयमा गोल गरेका थिए।

फ्रेन्च लिग विजेता पिएसजी जारि सिजन ईतिहासमै दोस्रो पटक च्याम्पियन्स लिगको सेमीफाइनमा पुग्न सफल भएको हो। यसअघि, थोमस टूचेलको टोलि १९९५ मा सेमिफाइनलको लागि छनोट भएको थियो। उक्त सेमिफाइनलमा पिएसजीले इटालियन क्लब एसी मिलानसंग समग्रमा ३-० को हार बेहोर्दै लिगबाट बाहिरिएको थियो।

२००९ मा स्थापित क्लब आरबी लाइप्जिग छोटो अबधिमै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो। लाइप्जिगले क्वाटरफाइनल खेलमा डिएगो सिमोनेको टोलि एटलेटीको म्याड्रिडलाई २-१ गोलअन्तरले स्तब्ध बनाउदै सेमिफाइनलमा पिएसजीसगँको भेट पक्का गरेको थियो। पेनाल्टि सुटआउट तर्फ अग्रसर उक्त खेलमा परिवर्तन भएर मैदानमा उत्रिएका टाइलेर एडाम्सले जर्मन क्लबको लागि विजयी गोल गरेका थिए।

पछिल्ला खेलका नतिजाहरु :-

आरबी लाइप्जिगको पछिल्ला ६ खेलका नतिजाहरु: जित, ड्र, हार, जित, ड्र, जित

पेरिस सेन्ट जर्मनको पछिल्ला ६ खेलका नतिजाहरु: जित, जित, जित,जित, जित, जित

पिएसजि पछिल्ला ११ खेलमा अपराजित रहेको छ।

हेड टु हेड

यी दुई टोलि हालसम्म मात्र एकपटक प्रतिस्पर्धा गरेका छन्। २०१४ मा भएको मैत्रीपूर्ण खेलमा लाइप्जिगले पिएसजीलाई ४-२ ले स्तब्ध बनाएको थियो। उक्त खेलमा जर्मन क्लबका लागि एक गोल गरेका युसुफ पउलसेन अहिले पनि टिमसगँ आबद्ध छन्। त्यो खेलको हिसाब चुक्ता गर्दै पिएसजी फाइनलमा प्रवेश गर्ने सोचमा हुनेछ भने लाइप्जिग पिएसजीलाई स्तब्ध बनाउने सोचका साथ मैदानमा उत्रिने छ।

पिएसजीका स्टार खेलाडी केलिएन एम्बाप्पे अन्तिम ४ को खेलमा पुरै समय खेल्ने टुचेलले बताइसकेका छन्। राम्रो लयमा रहेका नेयामार र एम्बाप्पेको आक्रामक तोड्न लाइप्जिगलाई निकै चुनौती रहने छ। तर, पिएसजीका पहिलो विकल्पका गोलरक्षक केइलर नाभास र मार्को भेराटिले भने चोटका कारण खेल गुमाउने छन्।पिएसजीका लागि एन्जेल दे मारिया सेमिफाइनल खेलको लागि उपलब्ध छन्।

राम्रो लयमा रहेको दुवै टोलीबीच निकै रोचक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ। पिएसजी र लाइप्जिग बिचको विजेता टोलीले दोस्रो सेमिफानल खेल अन्तर्गत बार्यन म्युनिख र लियोन बिचको विजेता टोलिसंग प्रतिस्पर्धा गर्नेछ।

२०७७ भाद्र २, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment