भारतीय क्लबसंग नेपाली फुटबलर अभिषेक रिजाल अनुबन्धित

राष्ट्रिय फुटबल टोलीका फर्वाड अभिषेक रिजाल भारतको दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङमा अनुबन्धित भएका छन्।

उनि एशियन कोटाबाट तिन वर्षे सम्झौतामा आइलिग क्लब स्पोर्टिङमा आबद्ध भएका हुन्। क्लब र अभिषेक बिचको सम्झौता रकम भने गोप्य राखिएको छ।

पछिल्लो समय लगातार राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका रिजालले जारि फिफा विश्वकप छनोटका खेलहरुमा ४ खेल खेलिसकेका छन्। उनले नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद  (साग) मा फुटबलतर्फ नेपाललाई स्वर्ण पदक जिताउन कुल ४ गोल गर्दै अहम् योगदान दिएका थिए। राष्ट्रिय टिमको लागि उनले चाइनिज ताइपेइ बिरुद्ध १ गोल गर्न सकेका छन्।

अभिषेक रिजाल

उनले गत वर्ष मछिन्द्रबाट नेपालको ‘ए’ डिभिजन लिग खेलेका थिए। त्यस अघि उनले नेपाल पुलिस क्लब र मर्स्याङ्दी क्लबको लागि खेलेका थिए। रिजालले गत वर्ष माल्दिभ्समा दोस्रो श्रेणीको लिग समेत खेलेका थिए।

मोहम्मेदन क्लब आइलिगका लागि छनोट हुन नसकेको अवस्थामा रिजाल अन्य क्लबमा जान पाउन सक्ने सम्झोतामा उल्लेख गरिएको छ।

२०७७ भाद्र ३, बुधबार मा प्रकाशित