बायर्न ११ औं पटक च्याम्पियन्स लिगको फाइनलमा

गए राती सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखले फ्रान्सेली क्लब लियोनलाई ३-० ले हराउँदै युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बायर्न ११ औँ पटक युरोपियन कपको फाइनलमा प्रवेश गर्दै म्युनिखले एसि मिलानको रेकर्ड बराबरी गरेको छ ।

अगष्ट २४ मा हुने फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मन क्लब बार्यन म्युनिख प्रतिस्पर्धा गर्नेछन्।

बार्यनको जितमा सर्ज नाब्रीले २ तथा रोबर्ट लेवन्डोस्कीले १ गोल गरे।नाब्रीले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे । जोसुआ किमिचिको पासमा गोल गर्दै उनले बायर्नलाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै खेलको ३३ औं मिनेटमा नाब्रीले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफमा बायर्न २-० गोलले अगाडि रह्यो। नाब्रीले दोश्रो गरेसँगै युरोपियन कपको सेमिफाइनलमा २ गोल गर्ने मात्र दोश्रो जर्मन खेलाडी बनेका छन्। थोमस मुलरले मात्र यस अघि २ गोल गर्न सकेका थिए।

८० औं मिनेटमा फिलिप्पे काउटिन्होले गोल गरेपनि रेफ्रीले अफसाइड दिँदै मान्यता दिएनन् । ८८ औं मिनेटमा लेवान्सोवस्किले गोल गर्दै बायर्नलाई ३-० गोलको जित दिलाए । खेल भर बायर्नले आफ्नो पकड जमाएको थियो । बल पोजेसन, शट सबै बायर्नको बढी रहेको थियो ।

लियोन दोश्रो पटक बायर्नसँग पराजित हुँदै च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको हो । यसअघि, लियोन २००९-१० को सिजनमा बायर्नसँग ४-० ले पराजित हुँदै बाहिरिएको थियो ।

बार्यननले फाइनल खेलमा पेरिस सेन्ट जर्मेनसगँ प्रतिस्पर्दा गर्नेछ। बायर्न छैटौं उपाधी जित्ने लक्ष्य सहित मैदान उत्रनेछ । यता पहिलो पटक फाइनल पुगेको पेरिस म्युनिखलाई स्तब्ध बनाउँदै पहिलो पटक उपाधी उचाल्न चाहन्छ । पीएसजी मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

२०७७ भाद्र ४, बिहीबार मा प्रकाशित