बार्यनलाई छैटौं पटक च्याम्पियन्स लिगको उपाधी

आइतबार राती सम्पन्न फाइनल खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) माथी १-० को साँघुरो जित हात पार्दै जर्मन क्लब बार्यन म्युनिखले युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको छ। बुन्डेसलिगा विजेता बार्यन म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधी हासिल गरेको हो।

सोच अनुरुप निकै रोमाञ्चक फाइनल खेलमा दुबै टोलिले आक्रमक खेल पस्किदै थुप्रै गोल गर्ने अवसर सिर्जना गरेका थिए। तर, पहिलो हाफको समाप्तीसम्म दुबै टोलिबाट कुनै पनि गोल सम्भव भएन।

बार्यनका लागि ५८ औं मिनेटको खेलमा किङ्स कोमानले हेडर मार्फत गोल गर्दै जर्मन क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। फाइनल खेलमा एक गोलले पछि परेको पिएसजी आक्रमक रुपले पेस आएता पनि बराबरी गोल गर्न भने असमर्थ रह्यो। अन्ततः कोमानको गोल नै निर्णायक सावित बन्दा पिएसजी पहिलो च्याम्पियन्स लिग उपाधी हात पार्नबाट चुक्यो।

बार्यनको अग्रता जोगाउन थुप्रै बचाउ गरेका गोलरक्षक म्यानउल न्युअर खेलमा म्यान अफ दि म्याच घोषित भएका थिए। पिएसजीका स्टार खेलाडी केलियन एमबाप्पे र नेयमारले बललाई उनिबाट पार लगाउदै गोलको दिशा देखाउन असफल रहे।

हारसँगै फ्रान्सेली क्लबको च्याम्पियन्स लिग उपाधीको पर्खाइ २८ वर्ष पुगेको छ। यस्तै, अपराजित बार्यन कुनै पनि खेलमा पराजित नभई च्याम्पियन्स लिगको उपाधी हात पार्ने पहिलो टोलि बनेको छ।

दुबै टोलि आ-आफ्नो लिगको च्याम्पियन टोलि हो। बार्यनका लागि लिग अबधी भर रोबर्ट लेवान्डोस्की र थोमस मुलरको प्रदर्शन उच्च रह्यो।

२०७७ भाद्र ८, सोमबार मा प्रकाशित